काठमाडौँ / आज १०२ अंकसम्म बढेको नेप्से परिसूचक अन्तिम समयमा ४७ अंकले बढेर २१ सयको विन्दुमाथि बन्द भएको छ ।
कारोबारको सुरुवातमै सकारात्मक सर्किट ब्रेक लागेको बजारमा दोस्रो पटक पनि सर्किट ब्रेक लागेर कारोबार ४० मिनेटको लागि स्थिगित गरिएको थियो । त्यसपछि खुलेको बजारको बढाई घटेको छ ।
आज २२७ कम्पनकिो शेयर मूल्य बढेको छ भने १७ कम्पनीको मात्रै शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३१५ कम्पनीको १ करोड १६ लाख ४५ हजार ९०५ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५७ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।
यी कम्पनीका लगानीकर्ताले गुमाए सार्वधिक
आज सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्थाका लगानकिर्ताले गुमाएका छन् । आज यस कम्पनकि लगानिकर्ताले ६ दशलमव ४६ प्रतिशतका दरले गुमाएका हुन् ।
यी कम्पनीका लगानीकर्ताले कमाए सार्वधिक
आज सबैभन्दा धेरै हिमालयन हिमालयन डिष्टिलरीका लगानिकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ दशमलव ५४ प्रतिशतका दरले कमाएका छन् । समाज लघुवित्त वित्तीय संस्थाका लगानकिर्ताले ६ दशमलव ९६ प्रतिशतका दरले कमाएका छन् । गुडविल फाइनान्सका लगानीकर्ताले ५ दशलमव ७४ प्रतिशतका दरले कमाएका छन् ।