श्रीलङ्काद्वारा महिलाहरूलाई व्यवसायमा सहज बनाउन ऋण योजना स्वीकृत

श्रीलङ्काद्वारा महिलाहरूलाई व्यवसायमा सहज बनाउन ऋण योजना स्वीकृत

मंगलवार, असार १८ २०८१
मंगलवार, असार १८ २०८१
  • images
    images
    श्रीलङ्काद्वारा महिलाहरूलाई व्यवसायमा सहज बनाउन ऋण योजना स्वीकृत
    श्रीलङ्काको मन्त्रिपरिषद्ले महिलाहरूलाई आर्थिक गतिविधिमा संलग्न गराउन बाधाहरू हटाउन विशेष ऋण योजना लागू गर्ने प्रस्तावलाई स्वीकृत गरेको छ । 
       
    मन्त्रिपरिषद्ले उद्यम क्षेत्रलाई पुनः सुदृढ गर्न लगानी योजनाका रूपमा २० अर्ब श्रीलङ्काली रुपैयाँ (छ करोड ५० लाख अमेरिकी डलर) विनियोजन गर्ने निर्णय गरेको सरकारको सूचना विभागले जनाएको छ ।
     
    त्यसमध्ये दुई अर्ब रुपैयाँ (६५ लाख अमेरिकी डलर) महिलासम्बन्धी ऋण योजना कार्यान्वयन गर्न खर्च गरिनेछ ।
     
    श्रीलङ्काको आर्थिक मामिलामा महिलाको सहभागिता अन्य क्षेत्रीय र एसियाली देशहरूको तुलनामा न्यून रहेको पाइएको छ ।
     
    श्रीलङ्काका कार्यबलको सन् २०२२ सर्वेक्षणअनुसार आर्थिकरूपमा सक्रिय जनसङ्ख्याको ३५ प्रतिशत महिला छन् । यसले आर्थिक सहभागिताको लैङ्गिक योगदान दरमा ठूलो असमानता देखाएको विभागले उल्लेख गरेको छ ।
     
    महिलाको सीमित वित्तीय साक्षरता र ऋण लिन आवश्यक पर्ने सम्पत्ति वा सुरक्षाको अभावजस्ता कारणले वित्तीय स्रोतमा पहुँचको अवसर सीमित भएको विभागले जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार