चन्द्रागिरि नगरपालिका र एनआईसी एशिया बैङ्कबिच सम्झौता, नगरका नवजात शिशुहरूको मुद्दती खाता खोलिने

चन्द्रागिरि नगरपालिका र एनआईसी एशिया बैङ्कबिच सम्झौता, नगरका नवजात शिशुहरूको मुद्दती खाता खोलिने

बुधवार, असार १९ २०८१
बुधवार, असार १९ २०८१
  • images
    images
    चन्द्रागिरि नगरपालिका र एनआईसी एशिया बैङ्कबिच सम्झौता, नगरका नवजात शिशुहरूको मुद्दती खाता खोलिने

    काठमाडौँ / एनआईसी एशिया बैङ्क र चन्द्रागिरि नगरपालिकाबिच नगरभित्र जन्मिएका नवजात शिशुहरूको मुद्दती खातो खोल्ने सम्झौता भएको छ । नगरभित्र जन्मिएका नवजात शिशुहरूको १८ वर्षे मुद्दती खाता खोल्ने उक्त कार्यक्रमको बैंकिङ्ग साझेदारको रूपमा एनआईसी एशिया बैङ्क छनौट भई मुद्दती खाता यस बैङ्कमा सञ्चालन हुनेगरी नगरपालिका र बैङ्कबिच सम्झौता भएको हो । 

    उक्त सम्झौतापत्रमा बैङ्कका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत अर्जुन राज खनिया र चन्द्रागिरि नगरपालिकाको तर्फबाट नगर प्रमुख घनश्याम गिरीले हस्ताक्षर गरे । 

    चन्द्रागिरि नगरपालिकाको निजी उद्यम प्रवद्र्धन, आर्थिक सहायता तथा कार्यक्रम अनुदान सञ्चालन कार्यविधि, २०७८ (संशोधन सहित २०८०) अनुसार नगरपालिकाभित्र २०८० श्रावण १ गते वा सो मितिभन्दा पछि जन्मिएका बालबालिकाहरू १८ वर्ष पुगे पश्चात् परिपक्क हुनेगरी निजहरूलाई आर्थिक सामाजिक सुरक्षा कार्यविधि बमोजिम नगरपालिकाबाट यो सुविधा प्रदान गरिनेछ । 

    नगरपालिकाको कार्यविधि अनुसार यस नगरमा स्थायी बसोबास गर्ने महानुभावहरूका छोराछोरीहरू यो योजनाबाट लाभान्वित हुन सक्नुहुनेछ र यसका लागि जन्मदर्ता अनिवार्य गरिएको छ । 

    चन्द्रागिरि नगरपालिकाले सो अवधिपछि नगरमा जन्मिएका नवजात शिशुहरूको ५–५ हजारका दरले प्रत्येक बालबालिकाको नाममा यस एन आई सी एशिया बैङ्कमा १८ वर्षे मुद्दती निक्षेप खाता खोलिदिनेछ । यस्ता खातामा अभिभावकले चाहेको खण्डमा थप रकम समेत राख्न सक्ने व्यवस्था गरिएको छ । यस योजनामा सामेल हुनुहुने ग्राहक महानुभावहरूको निक्षेपमा बैङ्कले अधिकतम ब्याजदर प्रदान गर्नेछ ।

    चन्द्रागिरि नगरपालिकामा जन्म लिने बालबालिकाहरू १८ वर्ष पार गर्दै गर्दा उच्च शिक्षा हासिल गर्न अथवा कुनै व्यवसाय सञ्चालन गर्न नगरपालिकाले प्रदान गरेको यस कोषले निकै सहयोगी भूमिका खेल्दै समग्र नगर क्षेत्रको आर्थिक सामाजिक सुरक्षाको प्रत्याभूतिको लागि कासेढुङ्गाको भूमिका निर्वाह गर्ने नगरपालिका र बैङ्कको विश्वास रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार