images
images

हुन्डाईको विद्युतीय गाडी कोना किन्न चाहने ग्राहकलाई नयाँ योजना, ब्याजदर शून्य प्रतिशत

हुन्डाईको विद्युतीय गाडी कोना किन्न चाहने ग्राहकलाई नयाँ योजना, ब्याजदर शून्य प्रतिशत

बिहिवार, असार २० २०८१
बिहिवार, असार २० २०८१
  • हुन्डाईको विद्युतीय गाडी कोना किन्न चाहने ग्राहकलाई नयाँ योजना, ब्याजदर शून्य प्रतिशत

    काठमाडौँ / नेपालको लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्ना ग्राहकहरूका नयाँ योजना सार्वजनिक गरेको छ । 

    images
    images
    images
    images

    कम्पनीले विद्युतीय गाडी कोना को खरिदमा  शून्य प्रतिशत ब्याजदर योजना सार्वजनिक गरेको हो । 

    ग्राहकले कोना गाडी ५० प्रतिशत डाउनपेमेन्ट गरी किन्न सक्नेछन्। बाँकी रकम ५ वर्षभित्र तिरे हुन्छ।

    हुन्डाई कोना २ वटा भेरियन्टमा उपलप्ध छ । कोना जिएल को मूल्य ५९ लाख ९६ हजार रुपैयाँ र जिएलएस भेरियन्टको मूल्य ६४ लाख ९६ हजार रुपैयाँ रहेको छ । 

    हुन्डाई कोनामा मल्टी स्टेज हाइभोल्टेज सेफ्टी सिस्टम युक्त ३९।२ किलोवाट आवरको लिथियम आयोन पोलिमर व्याट्री रहेको छ, जसका कारण यसमा हाइ इनर्जी डेन्सीटी रहन गई रेन्जसमेत बढ्ने छ । 

    कोना इलेक्ट्रीकलाई एक पटकको सिंगल चार्जमा ३०५ किलोमिटरसम्म गुडाउन सकिने छ । हुन्डाई कोनामा नयाँ डिजाइनको ग्रिल, डे टाइम रनिङ लाइट तथा ठूलो साइजको टेललाइट पाउन सकिन्छ । 

    यसलाई १०० किलोवाट डीसी फास्ट चार्जरले ५४ मिनेटमा ८० प्रतिशत ब्याट्री चार्ज गर्नेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार