images
images

सूर्यज्योति लाइफका सेयरधनीहरुको डिम्याट खातामा १०.२६ प्रतिशत बोनस सेयर जम्मा

सूर्यज्योति लाइफका सेयरधनीहरुको डिम्याट खातामा १०.२६ प्रतिशत बोनस सेयर जम्मा

शुक्रवार, असार २१ २०८१
शुक्रवार, असार २१ २०८१
  • सूर्यज्योति लाइफका सेयरधनीहरुको डिम्याट खातामा १०.२६ प्रतिशत बोनस सेयर जम्मा

    काठमाडौँ / सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आव २०७९/८० का लागि पारित बोनस सेयर सेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा गरेको छ ।  

    कम्पनीले एक सूचना जारी गर्दै गत वैशाख २१ गते सम्पन्न कम्पनीको १६ औँ वार्षिक साधारण सभाबाट पारित भएको १०.२६ प्रतिशत बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा गरेको जनाएको हो।

    उक्त बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सीडीएस एण्ड क्लियरिङमा सूचीकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ।  

    गत वैशाख ६ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको डिम्याट खातामा बोनस सेयर जम्मा गरिएको कम्पनीले उल्लेख गरेको छ । 

    सो मितिपश्चात सेयर अभौतिकीकरण गराएकाको हकमा भने क्रमशःडिम्याट खातामा जम्मा गरिने कम्पनीले जनाएको छ ।  

    गत वैशाख ६ गतेसम्म सेयर धितो राखी कर्जा लिएका सेयरधनीहरुलाई भने बोनस सेयरसमेत कर्जा प्रवाह गर्ने सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नाममा नै रोक्का जनाई सेयरधनीहरुको डिम्याट खातामा जम्मा हुने हुँदा कर्जा राफसाफ भइसकेको भए सम्बन्धित बैंक तथा वित्तीय संस्थामा सम्पर्क गरी फुकुवा गर्न सेयरधनीहरुलाई कम्पनीले आग्रह गरेको छ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार