काठमाडौँ / नेपाली बजारमा सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी महासङ्घका अनुसार आइतबार सुनको मूल्य तोलामा १ लाख ७४ हजार ५ सयमा कारोबार भएको थियो ।
आज सोमबार ७ सय रुपैयाँले घटेर सुन तोलामा १ लाख ७३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, चाँदी भने तोलामा ३० रुपैयाँ बढेको छ । आइतबार तोलाको १८ सय रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ८ सय ३० रुपैयाँ कायम भएको छ ।