images
images

कार्यले तपाईको उद्देश्य र अर्थ बताइदिनेछ र, यसबिना जीवन सून्य छ !, महान बैज्ञानिक स्टिफन हकिङका प्रेरक भनाईहरु

कार्यले तपाईको उद्देश्य र अर्थ बताइदिनेछ र, यसबिना जीवन सून्य छ !, महान बैज्ञानिक स्टिफन हकिङका प्रेरक भनाईहरु

शुक्रवार, असार २१ २०८१
शुक्रवार, असार २१ २०८१
  • images
    images
    कार्यले तपाईको  उद्देश्य र अर्थ बताइदिनेछ र, यसबिना जीवन सून्य छ !, महान बैज्ञानिक स्टिफन हकिङका प्रेरक भनाईहरु
    images
    images

    महान बैज्ञानिक स्टिफन हकिङ्स, जसले संसारका मासिहरुले सोच्ने गतिलाई परिवर्तन गराइदिए । ब्रमाण्डलाई बुझ्ने शैली परिवर्तन गरिदिए । यस्तैले नै अल्बर्ट आइन्सटाइनपछिकै एक महान बैज्ञानिक मानिन्छन् । 

    images
    images


    शारीरिक रुपले अशक्त भएपनि युग हाँक्ने बैज्ञानिक बने । साधरण परिवारका हकिङ्स भौतिक विज्ञान जगतमा एक विश्वविख्यात बने । 

    हाम्रो जीवनमा प्रेरणादायी हुन सक्ने केही उनका प्रसंगहरु 

    १. मानिसले सबैभन्दा ठूलो सफलता बात गरेरै पाउँछ, धेरै विफलता पनि बात नगर्नेहरुलाई नै प्राप्त हुन्छ । मानिसलाई हमेशा कुरा गरिराख्नु जरुरी छ।

    २. आफ्ना बच्चालाई टिप्स दिँदै उनले भनेका छन्, ‘पहिलो कुरा त हमेशा तारालाई हेर, न कि आफ्नो पैँतालालाई । दोस्रो कुरा कहिले पनि काम गर्न नछोड, कामले तिमीहरुलाई बाँच्ने आधार दिन्छ ।

    ३. जसलाई आफ्नो क्ष्त्त क्षमताप्रति खुबै घमण्ड हुन्छ, सोच्नुस् तिनीहरु प्रायः हारेका व्यक्ति हुन्छन् ।

    ४. म एउटा यस्तो बच्चा हुँ, जो कहिल्यै बुढो हुन सकेन । म अझै पनि किन, कसरी भन्ने प्रश्न गर्छु ।

    ५. मैले नोटिस गरेको छु, यस्ता मानिसहरु जसले सोच्छन् कि भाग्यमा जे लेखेको छ, त्यही हुन्छ । यस्ता मानिसहरुले सडकमा पाइला राख्नुअघि पनि हिच्किचाउँछन् ।

    ६. ज्ञान यस्तो शक्ति हो, जसले तपाईंमा परिवर्तनलाई स्वीकार्ने क्षमताको विकास गर्छ ।

    ७. म राम्रो विद्यार्थी थिइन । म कलेजमा धेरै समय विताउदिन थिएँ । म स्वंममा रमाउनमा धेरै व्यस्त थिएँ ।

    ८. मसँग यति धेरै छ कि, म गर्न चाहन्छु । मलाई समय वर्वाद गर्नु घृणा लाग्छ ।

    ९. हामी धेरै औसत ताराको सानो ग्रहमा बाँदरहरूको उन्नत नस्ल मात्र हौं। तर हामी ब्रह्माण्ड बुझ्न सक्छौं। यसले हामीलाई धेरै विशेष बनाउँछ।

    १०. हामी आफ्नो लोभ र मूर्खताको कारण स्वंमलाई नष्ट गर्ने खतरा मोलिरहेका छौं ।

    ११. तपाई विकलाङ्ग हो वा अपाङ्ग, त्यो तपाईको कुनै गल्ती होइन । साथै यसका लागि दुनियालाई दोष दिनु र ईश्वरसँग दयाको अपेक्षा गर्नु सही होइन । बस्, तपाईभित्र सकारात्मक उर्जा र विचार हुनुपर्छ ।

    १२. यदि कुनै मानिस शारीरक रुपले अपाङ्ग छ भने, उनीहरु आफ्नो मनबाट अपाङ्ग वा विकालाङ्ग हुनु हुँदैन । मेरो विचारमा उनीहरुले यस्तो गतिविधिमा ध्यान दिनुपर्छ, जसले एक शारीरिक विकलाङ्ग व्यक्तिलाई थप बाटा नपुर्‍याओस् ।

    १३. यदि कसैले तपाइसँग गुनासो गर्छ, कि तपाइले कुनै गल्ती गर्नुभयो । उसलाई भन्नुहोस् कि यो राम्रो भयो । किनभने बिना गल्ती वा त्रुटी न तपाई न म यस धर्तीमा रहन सक्छु ।

    १४. कार्यले तपाईको उदेश्य र अर्थ बताइदिनेछ । र, यसबिना जीवन सून्य छ ।

    १५. जीवन साह्रो दुखद हुनेछ, यदि हामीले हाँसो(ठट्टा गरेनौं भने ।

    १६. ताराहरू माथि हेर्न नबिर्सनुहोस् र आफ्नो खुट्टामा तल होइन। तपाईंले के देख्नुहुन्छ भन्ने कुरा बुझ्ने प्रयास गर्नुहोस् र ब्रह्माण्ड के अस्तित्वमा छ भन्ने बारे सोच्नुहोस्। जिज्ञासु हुनुहोस्। र जतिसुकै कठिन जीवन लाग्न सक्छ, त्यहाँ सधैं केहि गर्न सकिन्छ र सफल हुन्छ। यो महत्त्वपूर्ण छ कि तपाईंले हार मान्नु हुँदैन।

    १७. तपाईंले मन पराउने मानिसहरूको घर नभएको भए यति धेरै ब्रह्माण्ड हुने थिएन।

    १८. हामी सबै फरक छौं, तर हामी एउटै मानव आत्मा साझा गर्छौं

    १९. मेरो लक्ष्य सरल छ। यो ब्रह्माण्डको पूर्ण बुझाइ हो, यो किन छ र यो किन अवस्थित छ।

    २०. शान्त मानिसको दिमाग चर्को हुन्छ।

    २१. आफ्नो आइक्यू को बारेमा घमण्ड गर्ने मानिसहरू हारेका छन्।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार