images
Logo
images
images
images

मोबाइल फोन, स्मार्ट वाच र एयर बड्स सार्वजनिक गर्दै बजार भित्रियो 'नथिङ' ब्रान्ड

मोबाइल फोन, स्मार्ट वाच र एयर बड्स सार्वजनिक गर्दै बजार भित्रियो 'नथिङ' ब्रान्ड

सोमवार, असार २४ २०८१
सोमवार, असार २४ २०८१
  • मोबाइल फोन, स्मार्ट वाच र एयर बड्स सार्वजनिक गर्दै बजार भित्रियो 'नथिङ' ब्रान्ड

    काठमाडौँ / नथिङ मोबाइल ब्रान्डले नेपालमा फोन, स्मार्ट वाच र एयर बड्स सार्वजनिक गरेको छ। कम्पनीले सिएमएफ फोन १, सिएमएफ बड्स प्रो २ र वाच प्रो २ सार्वजनिक गरेको हो। 

    images
    images
    images
    images

    कार्ल पेइद्वारा स्थापित ब्रिटिस आधारित उपभोक्ता इलेक्ट्रोनिक्स कम्पनी नथिङ टेक्नोलोजी लिमिटेडले आफ्नो सब-ब्रान्ड सिएमएफमार्फत विश्वव्यापी रूपमा आफ्नो उत्पादन लाइन अप विस्तार गरेको हो।

    नथिङको फोन, स्मार्ट वाच र एयर बड्सको बनावट र डिजाइन 'नैतिकता'को प्रतिक भएको कम्पनीले जनाएको छ। नथिङले उत्कृष्ट डिजाइनमा उपभोक्ता केन्द्रित सामग्री उत्पादन गर्छ। 

    सिएमएफ फोन १ ले स्मार्टफोन बजारमा सिएमएफको डेब्यूलाई चिन्ह लगाएको छ। यसले विविध उपभोक्ता प्राथमिकताहरू पूरा गर्ने उद्देश्यले निजीकरण र कार्यक्षमताको मिश्रण प्रदान गर्ने कम्पनीले जनाएको छ। यो कालो, सुन्तला, हल्का हरियो र निलो रंग विकल्पमा उपलब्ध छ। 

    साथै, नथिङले फोन २ए पनि सार्वजनिक गरेको छ। यसमा शक्तिशाली मिडियाटेक डाइमेन्सिटी ७२०० प्रो चिपसेट छ। नथिङले एअर र एअर (ए) एअर बुड्स पनि सार्वजनिक गरेको हो। 

    नेपालमा नथिङको ब्रान्ड एम्बेसेडर अभिनेता प्रदीप खड्का हुन‍्। उनले नेपाली बजारमा नथिङ ब्रान्ड भित्रिनुलाई उत्साहजनक रूपमा लिएको बताएका छन्। 

    सिएमएफ फोन १, सिएमएफ बड्स प्रो २, सिएमएफ वाच प्रो २, सिएमएफ बड्स, नथिङ फोन र नथिङ फोन (२ए) नथिङ इयर र नथिङ इयर (ए) चौधरी ग्रुपका म्यानेजिङ डिरेक्टर निर्वाण चौधरी र ब्रान्ड एम्बेसेडर प्रदीप खड्काले सोमबार सार्वजनिक गरेका हुन्।

    हाललाई सिएमएफ फोन १ को सुरुआती मूल्य ३६ हजार नौ सय ९९ रूपैयाँ तोकिएको छ। यो ८ जिबी र्‍याम र १२८ जिबी रोम भेरियन्टको मूल्य हो। ८ जिबी र्‍याम र २५६ जिबी रोम भेरियन्टको मूल्य ४१ हजार चार सय ९९ रूपैयाँ तोकिएको छ।

    फोन २ (ए) को सुरुआती मूल्य भने ४५ हजार नौ सय ९९ रूपैयाँ तोकिएको छ। यो ८ जिबी र्‍याम र १२८ जिबी रोम भरियन्टको मूल्य हो। १२ जिबी र्‍याम र २५६ जिबी रोम भेरियन्टको मूल्य भने ५२ हजार नौ सय ९९ रूपैयाँ तोकिएको छ। 

    ग्राहकहरूले नथिङको नयाँ सार्वजनिक उत्पादनहरू अनलाइन प्लेटफर्म दराज र सिजी डिजिटल अनलाइनबाट खरिद गर्न सकिन्छ। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार