images
Logo
images
images
images

प्रधानमन्त्री उद्धार कोषमा नेपाल बैँकको दुई करोड

प्रधानमन्त्री उद्धार कोषमा नेपाल बैँकको दुई करोड

आइतवार, असोज २० २०८१
आइतवार, असोज २० २०८१
  • प्रधानमन्त्री उद्धार कोषमा नेपाल बैँकको दुई करोड

    काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल बैँक लिमिटेडबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि रु दुुई करोडको चेक हस्तान्तरण भएको छ । 

    images
    images
    images
    images

    प्रधानमन्त्री निवास बालुुवाटारमा नेपालको पहिलो बैँकका रुपमा रहेको नेपाल बैँक सञ्चालक समितिका अध्यक्ष डा चन्द्रबहादुर अधिकारीसहितका पदाधिकारीले बाढी,पहिरो र डुबानका कारण प्रभावित जनताको राहतमा खर्च गर्न सो चेक हस्तान्तरण गरेका हुन् ।

    सो अवसरमा प्रधानमन्त्री ओलीले धन्यवाद दिँदै लगानीकर्ता र उद्योगधन्धालाई प्रोत्साहन हुनेगरी कर्जा प्रवाह गर्न र खराब कर्जाप्रति कडाइका साथ काम गर्न आग्रह गरे । उनले कसैको अनुहार नहेरी प्रणाली र कानुनअनुसार काम गर्न पनि आग्रह गरे । 

    यसअघि शुक्रबार विभिन्न वित्तीय संस्थाबाट गरी रु तीन करोड ४८ लाखको चेक हस्तान्तरण भएको थियो । मन्त्रिपरिषद्को गत सोमबारको बैठकले उक्त कोषमा प्रारम्भिकरुपमा रु एक अर्ब रकम जम्मा गर्ने निर्णय गरेको थियो । कोषमा अन्य संस्था र व्यक्तिहरुबाट सहयोगको क्रम जारी रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार