images
images

“गाजा युद्धविराम प्रस्तावमा हमासको सकारात्मक प्रतिक्रिया”

“गाजा युद्धविराम प्रस्तावमा हमासको सकारात्मक प्रतिक्रिया”

मंगलवार, असार २५ २०८१
मंगलवार, असार २५ २०८१
  • “गाजा युद्धविराम प्रस्तावमा हमासको सकारात्मक प्रतिक्रिया”
    images
    images

    हमासले गाजाको युद्धविराम प्रस्तावसँग सकारात्मक र लचिलो रहेको जिकिर गर्दै अर्को कदम चाल्नु इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको दायित्व भएको हमासका एक वरिष्ठ अधिकारीले बताएका छन् । 

    “यदि प्रशासनले युद्ध समाप्त गर्न चाहेको खण्डमा नेतान्याहुलाई युद्धविराममा पुग्न दबाब दिनुपर्ने हमासको राजनीतिक ब्युरोका सदस्य हुसाम बद्रानले  विज्ञप्ति मार्फत जनाएका छन् । द्न्द्वमा प्यालेस्टिनी जनता पीडित रहेको उल्लेख गर्दै इजरायली सेनाले पीडितको झूटो दाबीको पछाडि लुकाउँने गरेको बताउनु भएको छ । 
     
    इजिप्टेली मिडियाको रिपोर्ट अनुसार यूएस सेन्ट्रल इन्टेलिजेन्स एजेन्सीका निर्देशक विलियम बर्न्स कैदी आदानप्रदान सम्झौता र गाजा पट्टीमा नौ महिना लामो युद्धको अन्त्य सम्बन्धी वार्तामा भाग लिन यस हप्ता कायरो जाने अपेक्षा गरिएको छ ।  

    कैदी वार्तामा संलग्न एजेन्सीहरूका अधिकारीहसहित इजरायली प्रतिनिधिमण्डल गाजामा युद्धविराम वार्ता पुन : सुरु गर्न कायरो पुग्ने अपेक्षा गरिएको मिडियाले जनाएका छन् ।
      
    इजरायललेसन् २०२३ अक्टोबर–७ मा दक्षिणी इजरायली सीमामा हमासले गरेको हिंसा विरुद्ध बदला लिन गाजा पट्टीमा हमास विरुद्ध ठूलो मात्रामा आक्रमण गरिरहेको छ । जसमा  एक हजार २०० मानिसहरु मारिए भने २३० भन्दा बढीलाई बन्धक बनाइयो । 

    आक्रमण सुरु भएदेखि नै इजिप्ट, कतार र संयुक्त राज्य अमेरिकाले इजरायल र हमासबीच युद्धविराम र कैदी आदानप्रदान गर्ने प्रयास गर्दै आएका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार