काठमाडौँ / बुधबार नेपाली बजारमा सुनको भाउ स्थिर भएको छ भने चाँदीको भाउ प्रतितोला १५ रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४४ हजार १ सय रुपैयाँ र तेजावी सुन १ लाख ४३ हजार ४ सय रुपैयाँ रहेको छ ।
यसअघि पनि सुनको भाउ सोही मूल्यमा कारोबार भएको थियो । यता, चाँदीको भाउ भने प्रतितोला १ हजार ८ सय ७० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ । यसअघि चाँदी प्रतितोला १ हजार ८ सय ८५ रुपैयामा कारोबार भएको थियो ।