images
images

रेड्मी प्याड प्रो ५जी र रेड्मी प्याड एसई ८.७ ४जी ट्याब्लेट सार्वजनिक, मूल्य कति ?

रेड्मी प्याड प्रो ५जी र रेड्मी प्याड एसई ८.७ ४जी ट्याब्लेट सार्वजनिक, मूल्य कति ?

बिहिवार, कार्तिक ८ २०८१
बिहिवार, कार्तिक ८ २०८१
  • रेड्मी प्याड प्रो ५जी र रेड्मी प्याड एसई ८.७ ४जी ट्याब्लेट सार्वजनिक, मूल्य कति ?

    काठमाडौँ / शाओमीले नेपाली बजारमा दुई नयाँ ट्याब्लेटहरू रेड्मी प्याड प्रो ५जी र रेड्मी प्याड एसई ८.७ ४जी सार्वजनिक गरेको छ।

    images
    images
    images
    images

    रेड्मी प्याड प्रो ५ जी ले १२.१ इन्चको २.५के अल्ट्रा–क्लियर डिस्प्ले र स्न्यापड्र्यागन ७ एस जेन २ प्रोसेसरको साथमा उत्कृष्ट प्रदर्शन ल्याउँछ भने रेड्मी प्याड एसई ८.७ ४जी ले कम्प्याक्ट मनोरञ्जन अनुभव प्रदान गर्दछ।

    शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनास्वीले भनिन्, 'शाओमीले प्रयोगकर्ताहरूको विविध आवश्यकता पूरा गर्न लगातार नयाँ उत्पादन ल्याउँदै आएको छ। रेड्मी प्याड प्रो ५जी र रेड्मी प्याड एसई ८.७ ४जीको नेपालमा लन्च गर्नुको मुख्य उद्देश्य भनेको हाम्रा प्रयोगकर्तालाई एडभान्सड प्रविधि उपलब्ध गराउनु हो। यदि तपाईं उच्च प्रदर्शनको खोजीमा हुनुहुन्छ वा साधारण प्रयोगको लागि डिभाइसको खोजीमा हुनुहुन्छ भने यी ट्याब्लेटहरू हजुरको लागि उत्तम हुनसक्नेछ।'

    रेड्मी प्याड प्रो ५जीले उच्च गुणस्तरको प्रदर्शन र मनोरञ्जनात्मक अनुभव प्रदान गर्दछ। यसको १२.१ इन्चको अल्ट्रा–क्लियर डिस्प्ले १६ः१० एस्पेक्ट रेसियो र २४९ पिपिआइको रिजोल्युसनको साथ आउँछ जसले पढ्दा, गेम खेल्दा वा भिडिओ हेर्दा स्पष्ट दृश्य प्रदान गर्छ। 

    १२० हर्ट्जको एडाप्टिभ रिफ्रेस रेट र ६०० निट्सको याच बी यम ब्राइटनेसले हरेक कन्टेन्टलाई स्मुथ बनाउँछ।

    यस ट्याब्लेटमा स्न्यापड्र्यागन ७एस जेन २ प्रोसेसर रहेको छ । १० हजार एमएएच क्षमताको ब्याट्री र ३३वाट फास्ट चार्जिङ सपोर्टले १४.४९ घण्टासम्म एचडी भिडिओ प्लेब्याकको सुविधा पनि दिन्छ जसले न्यूनतम विद्युत खपतमा उत्कृष्ट प्रदर्शन प्रदान गर्दछ। चारवटा स्टिरियो स्पिकर र डल्बी एटमस सपोर्टले घरमै सिनेमा जस्तो अडियो अनुभव प्रदान गर्दछ।

    वाई–फाई ६ई, डुअल सिम डुअल ५जी सपोर्ट र शाओमी हाइपरओएसको साथमा यस ट्याब्लेटले क्रस–डिभाइस मल्टिटास्किङ र कनेक्टिभिटीलाई सहज बनाउँछ। यसको मेटालिक फिनिश र कोर्निङ गोरिल्ला ग्लासले स्टाइल र टिकाउपना प्रदान गर्दछ।

    रेड्मी स्मार्ट पेन र रेड्मी प्याड प्रो किबोर्ड जस्ता एसोसरिजहरूले यस ट्याब्लेटलाई थप प्रोडक्टिभ बनाउन मद्दत गर्दछ।

    रेड्मी प्याड एसई ८.७ ४जी ८.७ इन्चको एलसिडी डिस्प्ले र हल्का डिजाइनका साथ आउँछ जसले गर्दा यो एक हातले नै सजिलै चलाउन मिल्छ।

    यसमा ८४.४१ प्रतिशत स्क्रिन–टु–बडी रेसियो र ६०० निट्सको ब्राइटनेस रहेको छ जसले उज्यालो घाममा पनि स्पष्ट दृश्य अनुभव प्रदान गर्छ।

    मिडियाटेक हेलियो जि ८५ प्रोसेसरद्वारा सञ्चालित यस ट्याब्लेटले प्रयोगकर्ताको हरेक कार्यलाई स्मुथ बनाउँछ। यसमा ६ जिबीको र्‍याम र ९० हर्ट्जको रिफ्रेस रेटले वेब ब्राउजिङका साथै गेम र स्ट्रिमिङको अनुभवलाई पनि सहज बनाउँछ। 

    ६,६५० एमएएच ब्याट्री र १८ वाट फास्ट चार्जिङ सपोर्टले यस ट्याब्लेटलाई लामो समयसम्म चलाउन सकिन्छ।

    यसको स्कृन टियुभी रेइनल्यान्ड आई कम्फर्ट सर्टिफाइड छ जसले गर्दा यो ट्याब्लेटको लामो प्रयोगमा पनि आँखा थकान कम गराउँछ।

    १२८जिबी आन्तरिक स्टोरेज र २टिबीको एक्सप्यान्डेबल स्टोरेज सपोर्टले फाइल र मिडियाका लागि पर्याप्त ठाउँ दिन्छ।

    रेड्मी प्याड प्रो ५जी ग्रेफाइट ग्रे (खौरो) र मिन्ट ग्रिन (हरियो) रंगमा उपलब्ध रहेको छ भने ६जिबी+१२८जिबीको मूल्य ३९ हजार ९९९ रूपैयाँ र ८जिबी+२५६जिबीको मूल्य ४४ हजार ९९९ रूपैयाँ रहेको छ।

    रेड्मी प्याड एसई ८.७ ४जी ग्रेफाइट ग्रे (खौरो), स्काई ब्लु (निलो) र अरोरा ग्रिन (हरियो) रङमा उपलब्ध छ भने यसको मूल्य १९ हजार ९९९ रूपैयाँ रहेको छ।

    रेड्मी स्मार्ट पेनको मूल्य ६ हजार ४९९ रूपैयाँ रहेको छ भने रेड्मी प्याड प्रो किबोर्ड पनि ६ हजार ४९९ रूपैयाँमा उपलब्ध रहेको छ।

    यी सबै ट्याब्लेटहरू नेपालभरी सबै एमआई स्टोर तथा शाओमीका आधिकारिक खुद्रा बिक्रेता पसलहरूमा उपलब्ध रहेको कम्पनीले बताएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार