images
images

जीवन बीमा कम्पनीहरुको झण्डै ४४ प्रतिशत व्यवसाय बागमती प्रदेशमा निर्भर, अन्यको अवस्था कस्तो ?

जीवन बीमा कम्पनीहरुको झण्डै ४४ प्रतिशत व्यवसाय बागमती प्रदेशमा निर्भर, अन्यको अवस्था कस्तो ?

जीवन बीमा कम्पनीहरूले बागमती प्रदेशबाट मात्रै १ करोड ९४ लाख ४७१ वटा बीमालेख बिक्री गरी कुल ५८अर्ब ९२करोड १८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

बुधवार, असार २६ २०८१
बुधवार, असार २६ २०८१
  • जीवन बीमा कम्पनीहरुको झण्डै ४४ प्रतिशत व्यवसाय बागमती प्रदेशमा निर्भर, अन्यको अवस्था कस्तो ?

    काठमाडौँ / जीवन बीमा कम्पनीहरुको कुल व्यवसायको आधा हिस्सा बागमती प्रदेशमा रहेको पाईएको छ । 

    नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा अर्थात जेठ मसान्तसम्म सञ्चनलनमा रहेका १४ जीवन बीमा कम्पनीहरुको आधा व्यवसाय बागमती प्रदेशमा निर्भर रहेको पाइएको हो । 

    प्रधिकरणको तथयाङ्क अनुसार सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरूले बागमती प्रदेशबाट मात्रै १ करोड ९४ लाख ४७१ वटा बीमालेख बिक्री गरी कुल ५८अर्ब ९२करोड १८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।  

    बागमतीबाट उठेको प्रिमियम रकम जीवन बीमा कम्पनीहरुको कुल व्यवसायको ४४ प्रतिशत हिस्सा हो । जीवन बीमा कम्पनीहरुले सबै प्रदेशबाट १ खर्ब ३३ अर्ब ७५ करोड रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।  

    प्राधिकरणले सबै प्रदेशमा बीमाको दायरामा आएको जनसंख्या प्रतिशत बढाउने विभिन्न प्रयास गरेपनि सफल हुन नसकेको तथयाङ्कले देखाएको छ । 

    बागमती प्रदेशपश्चात् बीमा कम्पनीहरुले लुम्बिनी प्रदेशबाट व्यवसाय भित्र्याएका छन् । सो प्रदेशबाट ९ लाख ९४ हजार ९३७ वटा बीमालेख बिक्री गरी २१ अर्ब ९ करोड रुपैयाँ प्रिमियम भित्र्याएका छन् । जुन यो कुल व्यवसायको १५.७७ प्रतिशत हिस्सा हो ।  

    यसका साथै कोशी प्रदेशबाट पनि जीवन बीमकहरुले १२.१७ प्रतिशत व्यवसाय भित्र्याएका छन् । सो प्रदेशबाट कम्पनीहरुले ११ लाख ५३ हजार ४७४ वटा बीमालेख बिक्री गरी १६ अर्ब २७ करोड रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।  

    त्यस्तै, गण्डकी प्रदेशबाट ५ लाख ३८ हजार ७४९ वटा बीमालेख बिक्री गरी १३ अर्ब ६५ करोड, मधेश प्रदेशबाट ५ लाख ८६ हजार ४१४ वटा बीमालेख बिक्री गरी १२ अर्ब ११ करोड, सुदूरपश्चिम प्रदेशबाट ५ लाख १९ हजार ८ वटा बीमालेख बिक्री गरी ८ अर्ब ८ लाख रुपैयाँ र कर्णाली प्रदेशबाट २ लाख २ हजार ५६९ वटा बीमालेख बिक्री गरी ३ अर्ब ६१ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार