images
images

आईसिएफसि फाइनान्सले ऋणपत्र निष्कासन गर्ने, सेबोनमा दियो आवेदन

आईसिएफसि फाइनान्सले ऋणपत्र निष्कासन गर्ने, सेबोनमा दियो आवेदन

बुधवार, असार २६ २०८१
बुधवार, असार २६ २०८१
  • आईसिएफसि फाइनान्सले ऋणपत्र निष्कासन गर्ने, सेबोनमा दियो आवेदन

    काठमाडौँ / आईसिएफसि फाइनान्स लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ । 

    images
    images
    images
    images

    फाइनान्स कम्पनीले ऋणपत्र निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आवेदन दिएको हो । 

    कम्पनीले १ हजार रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३ लाख कित्ता भएको ‘९ प्रतिशत आईसिएफसि फाइनान्स डिबेञ्चर—२०८८’ नामक ऋणपत्र निष्कासनको अनुमति माग गर्दै असार १८ गते आवेदन दिएको हो ।  

    कुल निष्कासनमध्ये १ लाख ८० हजार कित्ता व्यक्तिगत तवरबाट र बाँकी रहेको १ लाख २० हजार कित्ता सार्वजनिक निष्कासन गरिने छ । 

    कम्पनीको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा कुमारी क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले गत जेठ २८ गते नेपाल राष्ट्र बैंकबाट ऋणपत्र निष्कासनका लागि स्वीकृती पाईसकेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार