images
images

खुद नाफा ८९.०६ प्रतिशतले घटेको एनआइसी एशिया बैंकको अन्य सूचक कस्तो छ ?

खुद नाफा ८९.०६ प्रतिशतले घटेको एनआइसी एशिया बैंकको अन्य सूचक कस्तो छ ?

शुक्रवार, कार्तिक ९ २०८१
शुक्रवार, कार्तिक ९ २०८१
  • खुद नाफा ८९.०६ प्रतिशतले घटेको एनआइसी एशिया बैंकको अन्य सूचक कस्तो छ ?

    काठमाडौँ / एनआइसी एशिया बैंक लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ११ करोड ५ लाख २६ हजार रुपैयाँ मात्रै नाफा कमाएको छ । हाल नेपालमा सञ्चालित वाणिज्य बैंकहरूको तुलनामा एनआइसी एशिया बैंकको नाफा सबैभन्दा कम देखिएको हो । 

    images
    images
    images
    images

    गत आर्थिक बर्षको पहिलो त्रैमासमा १ अर्ब १ करोड ३ लाख ८३ हजार रुपैयाँ नाफा आर्जन गरेको यो बैंकको अन्य सूचकसमेत घटेको छ ।बैंकको इम्पेरिमेन्ट चार्ज (रिभर्स) रकम ८०.७१ प्रतिशतले बढेसँगै बैंकको नाफा प्रभावित भएको देखिन्छ ।

    गत आर्थिक बर्षको पहिलो त्रैमासको तुलनामा बैंकको यस्तो रकम ६४ करोड ४३ लाख ७ हजार रुपैयाँबाट बढेर १ अर्ब १६ करोड ४३ लाख ३६ हजार रुपैयाँ पुगेको हो । 

    यसका साथै, बैंकको खुद ब्याज आम्दानी, खुद सञ्चालन आम्दानी र सञ्चालन मुनाफासमेत घटेको छ । एनआइसी एशिया बैंकको खुद ब्याज आम्दानी ७.१४ प्रतिशतले घटेर २ अर्ब ५५ करोड २५ लाख ८७ हजार रुपैयाँमा सीमित भएको छ ।

    जबकि एनआइसी एशियाले गत आर्थिक बर्षको पहिलो तीन महिनामा २ अर्ब ७४ करोड ८८ लाख १४ हजार रुपैयाँ रहेको थियो । त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी १५.५८ प्रतिशतले घटेर ३ अर्ब ७ करोड ६ लाख १५ हजार रुपैयाँ कायम भएको छ । गत बर्ष बैंकको यस्तो आम्दानी ३ अर्ब ६३ करोड ७३ लाख ५३ हजार रुपैयाँ थियो ।

    चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार रुपैयाँ रहेको एनआइसी एशिया बैंकको जगेडा कोषमा १७ अर्ब ६९ करोड ७५ लाख ७५ हजार रुपैयाँ छ । 

    रेन्टेड अर्निङ २ अर्ब २१ करोड ४० लाख ८७ हजार रुपैयाँ ऋणात्मक रहेको एनआइसी एशिया बैंकको निक्षेप सङ्कलन र कर्जा प्रवाह दुबै घटेको छ । 

    गत बर्ष असोज मसान्तमा ३ खर्ब ५४ अर्ब ५१ करोड १६ लाख रुपैयाँ निक्षेप सङ्कलन गरेर २ खर्ब ७२ अर्ब ९ करोड ९३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले समीक्षा अवधिमा भने ३ खर्ब ३६ अर्ब ८३ करोड ५३ लाख निक्षेप सङ्कलन गरेर २ खर्ब ५७ अर्ब ५३ करोड १७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

    गत बर्षको तुलनामा बैंकको निक्षेप सङ्कलन ३.९९ प्रतिशत र कर्जा प्रवाह ५.२५ प्रतिशतले घटेको हो । बैंकको वितरणयोग्य मुनाफासमेत ऋणात्मक रहेको छ भने कष्ट अफ फण्ड ६.३० प्रतिशत, आधार दर ८.३७ प्रतिशत र नेटवर्थ प्रतिशेयर २०३ रुपैयाँ ७९ पैसा रहेको छ । 

    बैंकको प्रतिशेयर आम्दानीसमेत २५ रुपैयाँ ६७ पैसा अर्थात ८९ रुपैयाँ ८२ पैसाले घटेको छ । गत बर्ष तेस्रो त्रैमासमा २८ रुपैयाँ ५८ पैसा प्रतिशेयर आम्दानी रहेकोमा समीक्षा अवधिमा सो रकम घटेर २ रुपैयाँ ९१ पैसामा सीमित भएको हो । 

    यता, बैंकले खराब कर्जासमेत घटाउन सकेको देखिदैन । गत बर्ष असोज मसान्तमा ०.५८ प्रतिशत रहेको खराब कर्जा समीक्षा अवधिमा उच्च बृद्धि भई २.०८ प्रतिशत पुगेको हो । यस अवधिमा बैंकको खराब कर्जा २५८.६२ प्रतिशतले बढेको हो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार