images
images

एभरेस्ट बैंकको खुद नाफा ४४.४४ प्रतिशतले बढ्यो, खराब कर्जा घट्यो

एभरेस्ट बैंकको खुद नाफा ४४.४४ प्रतिशतले बढ्यो, खराब कर्जा घट्यो

शुक्रवार, कार्तिक ९ २०८१
शुक्रवार, कार्तिक ९ २०८१
  • एभरेस्ट बैंकको खुद नाफा ४४.४४ प्रतिशतले बढ्यो, खराब कर्जा घट्यो

    काठमाडौँ / चालु आर्थिक बर्षको पहिलो तीन महिनामा एभरेस्ट बैंक लिमिटेडको नाफा ४४.४४ प्रतिशतले बृद्धि भएको छ । बैंकले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार एभरेस्ट बैंकले असोज मसान्तसम्म १ अर्ब १२ करोड ७७ लाख ४० हजार रुपैयाँ नाफा कमाएको हो । गत आर्थिक बर्षको असोज मसान्तसम्म बैंकको यस्तो नाफा ७८ करोड ७ लाख ५९ हजार रुपैयाँ मात्रै थियो । 

    images
    images
    images
    images

    त्यस्तै, बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ६३ करोड ९ लाख २७ हजार रुपैयाँ रहेको छ । गत बर्षको तुलनामा बैंकको वितरणयोग्य मुनाफा करिब ६४ प्रतिशतले घटेको हो । 

    त्यस्तै, बैंकको खुद ब्याज आम्दानी १३.०९ प्रतिशतले बढेको छ । गत आर्थिक बर्षमा १ अर्ब ८९ करोड १५ लाख ३२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले समीक्षा अवधिमा २ खर्ब १३ करोड ९० लाख ५८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको हो । 

    यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी १२.२९ प्रतिशतले बढेर २ अर्ब ६७ करोड ७४ लाख १ लाख रुपैयाँ पुगेको छ । 

    इम्पेरिमेन्ट चार्ज (रिभर्स) ७५.१६ प्रतिशतले घटेर १० करोड ६७ लाख रुपैयाँमा झरेको छ भने सञ्चालन मुनफा ४४.४९ प्रतिशतले बढेर १ अर्ब ६१ करोड १६ लाख रुपैयाँ पुगेको छ । 

    बैंकको चुक्तापुँजी १० प्रतिशतले बढेर १२ अर्ब ९४ करोड ४६ लाख ९४ हजार पुगेको छ भने जगेडामा १३ अर्ब ५३ करोड ५५ लाख ८७ हजार रुपैयाँ छ । 

    त्यस्तै, रेन्टेडड अर्निङ १ अर्ब ६३ करोड ९ लाख २७ हजार रुपैयाँ रहेको बैंकले समीक्षा अवधिमा २ अर्ब ३७ अर्ब ६४ करोड ३८ लाख रुपैयाँ निक्षेप सङ्कलन गरेर १ खर्ब ८७ अर्ब ६० करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत बर्षको पहिलो त्रैमासको तुलनामा बैंकको निक्षेप २.२९ प्रतिशत र कर्जा प्रवाह ५.२७ प्रतिशतले बृद्धि भएको हो । 

    यसैगरी बैंकको कस्ट अफ फण्ड ०.७७ प्रतिशत, बेस रेट ६.८० प्रतिशत रहेको छ भने प्रतिशेयर आम्दानी ३४ रुपैयाँ ८५ पैसा रहेको छ । समीक्षा अवधिमा बैंकको नेटवर्थ प्रतिशेयर २१९ रुपैयाँ ०१ पैसा छ । 

    एभरेष्ट बैंकको खराब कर्जा भने गत आर्थिक बर्षको पहिलो त्रैमासको तुलनामा १४.४४ प्रतिशतले घटेको छ । गत बर्ष असोज मसान्तसम्म बैंकको खराब कर्जा ०.९० प्रतिशत थियो भने समीक्षा अवधिमा घटेर ०.७७ प्रतिशत रहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार