images
images

साविकको प्रभु लाइफको नयाँ बोनसदर सार्वजनिक, कुन योजनामा कति पाइन्छ ?

साविकको प्रभु लाइफको नयाँ बोनसदर सार्वजनिक, कुन योजनामा कति पाइन्छ ?

बुधवार, असार २६ २०८१
बुधवार, असार २६ २०८१
  • साविकको प्रभु लाइफको नयाँ बोनसदर सार्वजनिक, कुन योजनामा कति पाइन्छ ?

    काठमाडौँ / प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साविकको प्रभु लाइफ इन्स्यारेन्सकोआर्थिक वर्ष २०७९/८० का लागि बीमितलाई प्रदान गरिने बोनस दर घोषणा गरेको छ ।  

    कम्पनीले गत आवको आर्थिक लेखाजोखा तथा दायित्वको मूल्यांकन कम्पनीको आधिकारिक बीमाङ्कीबाट तयार गरिएको बीमाङ्कीय प्रतिवेदन बीमा प्राधिकरणबाट असार २३ गते स्वीकृत भएको जनाएको छ ।  

    कम्पनीले २०८० असार मसान्तसम्म जारी भएको मुनाफामा सरिक हुने जीवन बीमालेखहरुमा प्रतिवर्ष प्रति हजारमा न्यूनतम २० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस दर प्रदान गर्ने निर्णय गरेको छ ।  

    कम्पनीले सावधिक जीवन बीमालेख अन्तर्गत ९ वर्षे बीमा अवधिका लागि ३३ रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि ३३ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४० रुपैयाँ, २० देखि २४ वर्षका लागि ५१ रुपैयाँ र २५ वर्षभन्दा माथिको लागि ७० रुपैयाँ बोनसदर निर्धारण गरेको छ।  

    कम्पनीले सावधिक तथा आजीवन बीमालेख अन्तर्गत ९ वर्षे बीमा अवधिका लागि ३५ रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि ३५ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४० रुपैयाँ, २० देखि २४ वर्षका लागि ५१ रुपैयाँ र २५ वर्षभन्दा माथिको लागि ७० रुपैयाँ बोनसदर निर्धारण गरेको छ।    

    अग्रिम भुक्तानी सावधिक जीवन बीमा अन्तर्गतका ९ वर्षे बीमा अवधिका लागि ३५ रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि ३५ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४० रुपैयाँ र २० देखि २४ वर्षका लागि ५१ रुपैयाँ बोनसदर तोकेको छ।    

    कम्पनीले अग्रिम भुक्तानी सावधिक जीवन बीमा(सम्मुन्नती वार्षिक) योजना अन्तर्गत ९ वर्षे बीमा अवधिका लागि २० रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि २० रुपैयाँ, १५ देखि १९ वर्षका लागि २४ रुपैयाँ र २० देखि २४ वर्षका लागि २४ रुपैयाँ बोनस प्रदान गर्ने निर्णय गरेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार