images
images

सातामै ४०३ प्रतिशतसम्म बढ्यो तरकारी तथा फलफलको मूल्य, उपभोक्ता मर्कामा

सातामै ४०३ प्रतिशतसम्म बढ्यो तरकारी तथा फलफलको मूल्य, उपभोक्ता मर्कामा

बिहिवार, असार २७ २०८१
बिहिवार, असार २७ २०८१
  • सातामै ४०३ प्रतिशतसम्म बढ्यो तरकारी तथा फलफलको मूल्य, उपभोक्ता मर्कामा

    काठमाडौँ / काठमाडौँ उपत्यकामा पछिल्लो एक हप्ताको अवधिमा तरकारी तथा फलफूलको मूल्य आकाशिएको छ। मुलुकभर लगातार वर्षा भएसँगै बाढीपहिरोका कारण काठमाडौँ उपत्यका भित्रिने राजमार्गहरू अवरूद्ध बनेका कारण तरकारीको मूल्यवृद्धि भएको व्यवसायी बताउँछन्।

    images
    images
    images
    images

    सर्वसाधारणको भान्सामा दैनिक उपयोग हुने तरकारीको मूल्य ५०० प्रतिशतसम्म बढेको हो। जसकारण उपत्यकाका उपभोक्ता प्रत्यक्ष मारमा परेका छन्।  कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार एक हप्ताको अवधिमा प्रायः सबैजसो हरियो तरकारीको मूल्य बढेका छन्। 

    मुलुकभर लगातार वर्षा भएसँगै बाढीपहिरोका कारण काठमाडौँ उपत्यका भित्रिने राजमार्गहरू अवरूद्ध बनेका कारण तरकारीको मूल्यवृद्धि भएको व्यवसायी बताउँछन्। 

    विशेषगरी पृथ्वी राजमार्गअन्तर्गत नारायणगढ-मुग्लिन-नौबिसे सडकखण्ड पहिरोका कारण अवरूद्ध भएको छन् । जस कारणले गर्दा उपत्यकामा तरकारी ढुवानी हुन सकेको छैन । 

    कुन तरकारी तथा फलफूलको मूल्य कतिले बढ्यो ? 

    समितिले सार्वजनिक गरेको बजार मूल्यसुची अनुसार रायो सागको मूल्य ४०३.०४ प्रतिशतसम्म बढेको पाइएको छ । असार २० गतेसम्ममा प्रतिकिलो ५५ रुपैयाँमा कारोबार भएको रायो साग आज अर्थात असार २७ गते २७६.६७ रुपैयाँ प्रतिकिलोमा कारोबार हुने भएको छ । 

    यस्तै, तने बोडी २२२.२२ प्रतिशतसम्म बढेको पाइएको । एक हप्ता अघिसम्म प्रतिकिलो ४५ रुपैयाँमा कारोबार भएको तने बोडी आज १४५ रुपैयाँमा कारोबार हुने भएको समितिले जनाएको हो । 

    यता, घिउ सिमी (हाइब्रीड) असार २० मा ६५ रुपैयाँमा कारोबार भएकोमा आज २२३.०८ प्रतिशतले बढेर २१० रुपैयाँ, तितो करेला १४४.४४ प्रतिशतले बढेर  ११० रुपैयाँ र परवर (लोकलं) १४२.८६ प्रतिशतले बढेर आज ८५ रुपैयाँ प्रतिकिलोमा कारोबार हुने भएको छ । 

    यी हुन् बढेका फलफूल तथा तरकारीहरू (मूल्यसहित)
     
     

    स्रोत : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति

    यी हुन् घटेका फलफूल तथा तरकारीहरू (मूल्यसहित)

    यो समयमा कुनै तरकारी तथा फलफूलको मूल्य बढेपनि कुनै तरकारी तथा फलफूलको मूल्य भने घटेको पाइएको छ । जसमा मूला सेतो(लोकल) ३६.३६ प्रतिशत ब्रोकाउली ११.५४ प्रतिशत, कागती १.४३ प्रतिशत, जुनार १.४३ प्रतिशत र लसुन सुकेको चाइनिज २.३३ प्रतिशतसम्म घटेको पाइएको छ । 

    स्रोत : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति

    यी हुन् घट–बढ नभएका फलफूल तथा तरकारीहरू (मूल्यसहित)

    यता, पिंडालू, च्याउ, गुन्दुक, स्याउ (फूजी), अनार, मौसम, भुई कटहर, नासपाती लगायत अन्य तरकारी तथा फलफूलको मूल्याम भने कुनै पनि परिवर्तन भएको छैन । यी तरकारी तथा फलफूलहरू असार २० गते जुन मूल्यमा कारोबार भएको थियो आज पनि सोही मूल्यमा कारोबार भएरहेको समितिले जनाएको छ । 

    स्रोत : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार