images
images

नाटोद्वारा युक्रेनलाई एफ–१६ लडाकू विमान हस्तान्तरण सुरु

नाटोद्वारा युक्रेनलाई एफ–१६ लडाकू विमान हस्तान्तरण सुरु

बिहिवार, असार २७ २०८१
बिहिवार, असार २७ २०८१
  • नाटोद्वारा युक्रेनलाई एफ–१६ लडाकू विमान हस्तान्तरण सुरु

    नाटोको ७५औँ वार्षिकोत्सवको अवसरमा वासिङ्टनमा आयोजित शिखर सम्मेलनमा किएभलाई गठबन्धनमा अन्तिम सदस्यताका लागि वाचा गर्दै सहयोगी राष्ट्रहरूले बुधबार युक्रेनमा एफ–१६ लडाकू जेटहरू हस्तान्तरण गर्न थालेको घोषणा गरेका छन् ।
      
    अमेरिकी राजधानीमा आयोजित तीन दिने सम्मेलनमा राष्ट्रपति जो बाइडेनले पश्चिमलाई भेला गर्ने लक्ष्य राख्नुभएको थियो । 

    images
    images
    images
    images

    रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमण गरेपछि दुई वर्षमा तीव्र गतिमा बढेको रुसको सैन्य उत्पादनसँग तालमेल राख्न आग्रह गर्नुअघि बाइडेनले गठबन्धनका अन्य ३१ नेतालाई व्यक्तिगत रूपमा वासिङ्टनमा स्वागत गर्नुभएको हो । 

    “हामी नाटो क्षेत्रको हरेक इन्चको रक्षा गर्न सक्छौँ र गर्नेछौँ”, बाइडेनले वासिङ्गटनको सम्मेलन सेन्टरमा गठबन्धनको औपचारिक निर्णय गर्ने निकाय नर्थ एटलान्टिक काउन्सिललाई भन्नुभयो । 

    उहाँले गत वर्ष किएभलाई दिएको प्रतिज्ञा पूरा गर्दै डेनमार्क र नेदरल्यान्ड्सले अमेरिकी निर्मित एफ–१६ लडाकू जेटहरू युक्रेनमा पठाउन थालेको घोषणा गर्नुभएको छ । यसअघि उहाँले युक्रेनका लागि नयाँ हवाई रक्षा प्रणाली सहायता प्रदान गर्ने घोषणा गर्नुभएको थियो ।  

    अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले भन्नुभयो, “एफ–१६ हस्तान्तरणले राष्ट्रपति भ्लादिमिर पुटिनको युक्रेनलाई हराउने सोचको अन्त्य गर्नेछ ।”

    शिखर सम्मेलनको पूर्वसन्ध्यामा रुसले युक्रेनमा मिसाइल आक्रमण गर्दा दर्जनौँको ज्यान गएको थियो । आक्रमणमा किएभस्थित बाल अस्पताल भग्नावशेषमा परिणत भएको थियो । 

    बाइडेनले युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीलाई शिखर सम्मेलनमा आमन्त्रित गर्नुभएको थियो । सम्मेलनमा राष्ट्रपति जेलेन्स्कीले एफ–१६ सहायताका लागि कृतज्ञता व्यक्त गर्नुभयो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार