images
images

नेपालकै ठूलो टाइल उत्पादक प्राइम सेरामिक्स सञ्चालनको पहिलो वर्ष पूरा

नेपालकै ठूलो टाइल उत्पादक प्राइम सेरामिक्स सञ्चालनको पहिलो वर्ष पूरा

शनिवार, असार २९ २०८१
शनिवार, असार २९ २०८१
  • नेपालकै ठूलो टाइल उत्पादक प्राइम सेरामिक्स सञ्चालनको पहिलो वर्ष पूरा

    काठमाडौँ / प्राइम सेरामिक्स प्रा.लि., नेपालको सबैभन्दा ठूलो तथा एक मात्र भित्ता र फ्लोर टाइल्स उत्पादक कम्पनीले आफ्नो सञ्चालनको पहिलो वर्ष पूरा गरेको छ ।

    images
    images
    images
    images

    कम्पनीले २ अरब को लगानीमा २०८० असारदेखि रौतहटमा आफ्नो अत्याधुनिक फ्याक्ट्रीबाट SACMI इटालीको विश्व अग्रणी प्रविधि प्रयोग गरी टाइलहरूको उत्पादन सुरू गरेको थियो ।

    एक वर्षको अवधिमा कम्पनी को ब्रान्ड ‘प्राइम–टाइल्स विथ स्टाइल’ ले नेपाली उपभोक्ताहरूको मन जित्दै २ करोड स्क्वायर फिटभन्दा बढी टाइलहरू बिक्री गर्न सफल भएको छ । 

    यस सफलताको प्रमुख कारणहरूमा भित्ता र फ्लोर टाइलको विभिन्न साइजहरू, ३५० भन्दा बढी डिजाइनहरू, १२० डिलरहरूको बलियो नेटवर्क, गुणस्तरीय उत्पादनहरू, प्रतिस्पर्धी मूल्य र नेपालीको स्वदेशी ब्रान्ड रहेको छ ।

    ३५० कर्मचारीहरूको टिमको साथ, सम्पूर्ण निर्माण प्रक्रियाहरू अत्याधुनिक, अल्ट्रा–आधुनिक डिजिटल प्रिन्टिङ टेक्नोलोजी र नेपाली कच्चा पर्दाथ सहित स्पेनिश गलेज मसीको प्रयोग गरि, कम्पनीले नेपाली ग्राहकहरूको चाहना अनुरूपको रोजाई तथा प्राथमिकताका टाइलहरू उत्पादन गरेको छ ।

    कम्पनीले नेपालमा पहिलो पटक बिल्डकन २०२४ मा स्पिरिट अफ नेपाल कलेक्सन लन्च गरेको थियोे, जसमा मिथिला आर्ट, थाङ्का÷पौवा आर्ट, ढाका परिधान, गोदावरी मार्बल डिजाइन र लोकल फ्ल्याग स्टोन लगायतका नेपालको कला र संस्कृतिलाई टाइल्समा प्रयोग गरिएको छ ।

    कम्पनीका अनुसार प्राइम टाईल्सले विश्वव्यापी मापदण्ड पूरा गर्ने नेपाली ब्राण्ड भएकोमा निकै सन्तुष्टि महशुस गरेको छ । 
    कम्पनीले आयातित टाइल्सलाई आंशिक रूपमा प्रतिस्थापन, विदेशी मुद्राको बचत, स्थानीय रोजगारीमा वृद्धि तथा नेपाली खनिज स्रोतको उचित उपयोग गरेको छ । 

    कम्पनीद्वारा नेपालको सबैभन्दा प्रशंसनीय र सबैभन्दा ठूलो टाइल उत्पादकको रूपमा आफ्नो स्थानलाई बलियो बनाउँदै अझै गुणस्तरीय र नया डिजाइनका टाइलहरूलाई ग्राहककासामु प्रस्तुत गर्न प्रतिबद्ध रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार