images
images

प्रधानमन्त्री ओलीले पद सम्हालेकै दिन बढ्यो पेट्रोलियम पदार्थको मूल्य

प्रधानमन्त्री ओलीले पद सम्हालेकै दिन बढ्यो पेट्रोलियम पदार्थको मूल्य

सोमवार, असार ३१ २०८१
सोमवार, असार ३१ २०८१
  • प्रधानमन्त्री ओलीले पद सम्हालेकै दिन बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    काठमाडौँ / नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको पदभार ग्रहण गरेकै दिन निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । 

    निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलियम पदार्थको मूल्य बढाउने निर्णय गरेको निगमले जनाएको छ । साउन १ गतेदेखि अर्थात आज राति १२ बजेपछि लागू हुने गरी निगमले पेट्रोलको प्रतिलिटर ४ र डिजेलको ३ रुपैयाँ बृद्धि गरेको छ ।

    यससँगै अब तेस्रो वर्गअन्तर्गत पर्ने पोखरा, काठमाडौँ र दिपायलमा पेट्रोलको मूल्य १७१ र डिजेलको मूल्य १६० पर्ने भएको छ । 

    यसैगरी पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६८ रुपैयाँ ५० पैसा र डिजेल र मट्टीतेल १५७ रुपैयाँ पर्नेछ ।

    त्यस्तै, दोस्रो वर्गअन्तर्गत पर्ने सुर्खेत र दाङमा  पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ र डिजेल र मट्टितेलको मूल्य १५९ रुपैयाँ पुगेको छ ।

    Notice.JPG

     

     

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार