images
images

अर्थमन्त्रीमा पौडेलको आगमनलाई शेयर बजारको स्वागत, ७०.१८ अंकले बढ्यो परिसूचक, कसले कति कमाए ?

अर्थमन्त्रीमा पौडेलको आगमनलाई शेयर बजारको स्वागत, ७०.१८ अंकले बढ्यो परिसूचक, कसले कति कमाए ?

मंगलवार, साउन १ २०८१
मंगलवार, साउन १ २०८१
  • अर्थमन्त्रीमा पौडेलको आगमनलाई शेयर बजारको स्वागत, ७०.१८ अंकले बढ्यो परिसूचक, कसले कति कमाए ?

    काठमाडौँ / आज शेयर बजार नेप्से परिसूचक भारी अङ्कले बढेको छ । सरकार परिवर्तन भई अर्थमन्त्रीमा विष्णु पौडेलको आगमनलाई शेयर बजारले भव्य रुपमा स्वागत गरेको छ । 

    आज मंगलबार नेप्से परिसूचक ७०.१८ अंकले बढेको छ। नेप्से ३.१३ प्रतिशतले बढेर २ हजार ३१०.५९ विन्दुमा बन्द भएको छ।

    नेप्से परिसूचक २६ महिनायताकै उच्च विन्दुमा पुगेको हो। यसअघि २०७९ वैशाख २९ गते २३५० विन्दुमा नेप्से पुगेको थियो। त्यसयताको आज उच्च विन्दु हो।

    यता, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड समूहको परिसूचक ०.४२ प्रतिशतले घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।

    यसदिन जलविद्युत समूहको परिसूचक सर्वाधिक ५.४५ प्रतिशतले बढेको छ भने विकास बैंक समूहको परिसूचक ४.९४ प्रतिशतले बढेको छ।

    यस्तै, आज कारोबार रकम गत छ महिनायताकै उच्च रहेको छ। आज नौ अर्ब १३ करोड ८६ लाख २९ हजार रूपैयाँको सेयर कारोबार भएको छ। 

    यसअघि गत माघ ३ गते नौ अर्ब ७६ करोडको सेयर कारोबार भएको थियो। आजको कारोबार त्यसयताकै उच्च हो।

    सोमबार भने आठ अर्ब ७३ करोड १४ लाख ३६ हजार रूपैयाँको सेयर कारोबार भएको थियो। अघिल्लो दिनको तुलनामा कारोबार रकममा ४० करोड रूपैयाँ वृद्धि भएको हो।

    यस दिन ३१५ वटा धितोपत्रको दुई करोड ५८ लाख ३६ हजार २८५ कित्ता सेयर किनबेच भएको हो। मंगलबार २३४ कम्पनीको सेयर मूल्य बढेको छ भने ८ वटाको घटेको छ। 

    यी हुन् सार्वधिक कमाएका भएका १० कम्पनी

    यसदिन पाँच कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। सिन्धु विकास बैंक, बरुण हाइड्रोपावर, ग्रीन डेभलपमेन्ट बैंक, आँखुखोला जलविद्युत र मन्दाकिनी हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेको हो।

    1.jpg

    यी हुन् सार्वधिक गुमाएका भएका १० कम्पनी

    १०.५ प्रतिशत नेपाल इन्भेस्टमेन्ट डिबेञ्चर, एनआइबिएल ग्रोथ फण्ड र ११ प्रतिशत एलबिबिएल डिबेञ्चर २०८९ को मूल्य १० प्रतिशतका दरले घटेको छ। 

    2.JPG

    यी हुन् सार्वधिक कारोबार भएका १० कम्पनी

    मंगलबार ङादी ग्रुप पावरपावरको सर्वाधिक कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता मूल्य ३६९ रूपैयाँ ९० पैसामा २१ करोड ७७ लाखको सेयर कारोबार भएको छ।यो मूल्य अघिल्लो दिनको तुलनामा ८.४८ प्रतिशत बढेको हो।

    सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा एनआरएन इन्फ्रास्टक्चर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ८०० रूपैयाँ ७० पैसामा १८ करोड २७ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।  

    3.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार