images
images

हिमालयन उर्जा विकासले साउन २४ गतेदेखि शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने

हिमालयन उर्जा विकासले साउन २४ गतेदेखि शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने

आइतवार, साउन ६ २०८१
आइतवार, साउन ६ २०८१
  • हिमालयन उर्जा विकासले साउन २४ गतेदेखि शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने

    काठमाडौँ / हिमालयन उर्जा विकास कम्पनी लिमिटेडले साउन २४ गतेदखि शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजी ९९ करोड रुपैयाँको आधारमा ९९ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । 

    हिमालयन उर्जा विकासले शतप्रतिशत हकप्रद सेयर निष्कासनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट असार ७ गते अनुमति पाएको थियो । हकप्रद सेयर निष्काशन प्रयोजनका लागि कम्पनीले असार २० गते एक दिन बुक क्लोज गरेको थियो ।

    बुक क्लोजको आधारमा असार १९ गतेसम्म कायम सेयरधनीहरूले मात्र कम्पनीको हकप्रद सेयर खरीद गर्न सक्नेछन् । प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका यी हकप्रद शेयर खरीदका लागि भदौ १२ गतेसम्म आवेदन दिन सकिनेछ ।

    शतप्रतिशत हकप्रद सेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ९८ करोड रुपैयाँ कायम हुनेछ । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैङ्किङ लिमिटेड रहेको छ । 

    बिक्री प्रबन्धकसँगै आस्वा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका सम्पूर्ण शाखा कार्यालयमार्फत आवेदन दिन सकिनेछ । साथै, मेरो सेयर अनलाइनबाट पनि आवेदन दिन सकिने व्यवस्था छ ।

    हकप्रद सेयर निष्कासन प्रयोजनका लागि गराइएको रेटिङमा इन्फोमेरिक्स् क्रेडिट रेटिङ नेपाल लिमिटेडले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने आईआरएन डबल बी इस्यूअर रेटिङ प्रदान गरेको छ ।

    कम्पनीले रामेछापमा ७ मेगावाट क्षमताको अपर खिम्ती जलविद्युत् आयोजना र १२ मेगावाट क्षमताको उपल्लो खिम्ती जलविद्युत् आयोजनाबाट विद्युत् विक्री आम्दानी गर्दै आएको छ । 

    हकप्रद सेयर निष्कासनबाट सङ्कलित पूँजी कम्पनीले विभिन्न बैंकबाट लिएको दीर्घकालीन ऋणको भुक्तानी गर्ने बताएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार