images
images

मानुषी लघुवित्तले भदौ ६ गतेदेखि संस्थापक सेयर बिक्री गर्ने

मानुषी लघुवित्तले भदौ ६ गतेदेखि संस्थापक सेयर बिक्री गर्ने

सोमवार, साउन ७ २०८१
सोमवार, साउन ७ २०८१
  • मानुषी लघुवित्तले भदौ ६ गतेदेखि संस्थापक सेयर बिक्री गर्ने

    काठमाडौँ / मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर खरिद बिक्री खुला हुने भएको छ । 

    संस्थापक सेयर धनी तथा कर्मचारीहरूका लागि बिक्री गरिएको सेयरको खरिद तथा बिक्रीको लक इन पिरिअड आगामी भदौ ६ गतेसम्म रहेकाले अबको एक महिना पछि संस्थापक सेयर खरिद बिक्री खुला भएको हो । 

    कम्पनीका अनुसार संस्थापक सेयर धनीतर्फ ७ लाख कित्ता र कर्मचारीतर्फ ५ हजार ४६९ कित्ता सेयर रहेको छ । आजबाट कूल ७ लाख ५ हजार ४६९ कित्ता सेयर दोस्रो बजारमा किनबेचका लागि खुला भएको छ । 

    बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ११ (१) को व्यवस्था अनुसार बैंक वा वित्तीय संस्थाको संस्थापकले वित्तीय कारोबार सञ्चालन गरेको कम्तीमा पाँच वर्ष नपुगेसम्म आफ्नो नाममा रहेको शेयर बिक्री गर्न वा धितो बन्धक राख्न नपाउने व्यवस्था छ । 

    यसैगरी निष्कासन कम्पनीको पालना गर्नुपर्ने र धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को दफा ३८ (१) बमोजिम विवरण पत्र प्रकाशन गरी निष्कासन गरिएको धितोपत्र बाहेक अन्य समूहको धितोपत्र सङ्गठित संस्थाले सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन गरेको शेयर बाँडफाँड भएको मितिले तीन वर्षको अवधि पूरा नभई बिक्री गर्न नपाइने व्यवस्था समेत ऐनमा नै व्यवस्था गरिएको छ । 

    यसै ऐन बमोजिमको व्यवस्था बमोजिम कम्पनीले बिक्री गरेको संस्थापक सेयर र कर्मचारीहरूको सेयर आगामी भदौ ६ गतेदेखि लक इन समय फुकुवा हुने कम्पनीले जानकारी दिएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार