images
images

अस्ट्रेलियाको एक्सेलसिया कलेजमा संगीतमा उच्च शिक्षा पढ्ने अवसर, १५ हजार डलरसम्मको छात्रवृत्ति पाउन सकिने

अस्ट्रेलियाको एक्सेलसिया कलेजमा संगीतमा उच्च शिक्षा पढ्ने अवसर, १५ हजार डलरसम्मको छात्रवृत्ति पाउन सकिने

सोमवार, साउन ७ २०८१
सोमवार, साउन ७ २०८१
  • अस्ट्रेलियाको एक्सेलसिया कलेजमा संगीतमा उच्च शिक्षा पढ्ने अवसर, १५ हजार डलरसम्मको छात्रवृत्ति पाउन सकिने

    एक्सेलसिया कलेज, सिड्नीले अस्ट्रेलियामा संगीतमा स्नातक र स्नातकोत्तर अध्ययनका लागि ७औं अडिसन सुरु गर्ने भएको छ । अडिसनले अस्ट्रेलियामा संगीत विषयमा उच्च शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीहरूलाई असाधारण अवसर प्राप्त हुने कलेजले जनाएको छ । 

    सन् १९८३ मा स्थापना भएयता नै एक्सेलसिया कलेजले कला अध्ययनमा उच्च शिक्षालाई उत्साहपूर्वक रूपमा प्रवर्द्धन गरेको छ। 

    विभिन्न प्रतिष्ठित सांगीतिक कार्यक्रममार्फत लगातार प्रतिभावान व्यक्ति जन्माएको छ ।  कलेजले प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ, “हाम्रो मिसन नै तपाईंको प्यासनलाई पेशामा बदल्नूस् आदर्श वाक्यमा आधारित छ, कलाकारहरूलाई आफ्नो करियरमा अगाडि बढ्नका लागि कौशलताप्रदान गर्ने हाम्रो प्रतिबद्धता हो ।ु”

    ७ वर्षयता एक्सेलसिया कलेजमा थुप्रै नेपाली विद्यार्थीले स्नातक उत्तीर्ण गरी सांगीतिक दुनियाँमा आफ्नो स्थान बनाउन सफल भएका छन् । 

    एडुक्वेस्ट नेपालको सहकार्यमा हुने  ७औं अडिसन अस्ट्रेलियामा संगीतमा स्नातक अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि लक्षित गरिएको छ । आगामी जुलाई २२ का दिन ठमेलस्थित पर्पल हेज रक बारमा अडिसन आयोजना हुने कलेजले जनाएको छ ।

    उक्त अडिसनमा युवा कलाकारहरूले आफ्नो प्रतिभा प्रस्तुत गरेर १५ हजार अस्ट्रेलियन डलरसम्मको छात्रवृत्ति जित्न सक्ने पनि कलेजले जनाएको छ । स्नातकमा ३ वर्षको १५ हजार र स्नातकोत्तरमा २ वर्षको ६ हजार अस्ट्रेलियन डलरसम्म छात्रवृत्ति विद्यार्थीले प्राप्त गर्न सक्ने कलेजले जनाएको छ । 

    प्रस्तुतिका क्रममा सहभागीले गितार, ड्रम, पियानो, बाँसुरीलगायतका वाद्यवादन र भोकलमा समेत प्रतिस्पर्धा गर्न पाउनेछन् । 

    १८ देखि २३ वर्ष उमेर समूहका विद्यार्थीले उक्त अडिसनमा सहभागी हुन पाउनेछन् । जसका लागि १२ कक्षा उत्तीर्ण वा काठमाण्डू विश्वविद्यालय वा त्रिभुवन विश्वविद्यालयबाट संगीतमा डिप्लोमा वा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने कलेजले जनाएको छ । 

    १२ कक्षा उत्तीर्ण विद्यार्थीका हकमा भने संगीतको आधारभूत ज्ञान भएको हुनुपर्नेछ । त्यसैगरी ब्यान्डको प्रस्तुतिका हकमा भने एकल सहभागिता मानिनेछ । व्यक्तिगत प्रस्तुकर्ताले भने छुट्टै मूल्यांकनमा सहभागी हुन पाउनेछन् । 

    अडिसनको निर्णायकमा एक्सेलसिया कलेजको प्रदर्शन कला विभागका प्रमुख डा। लोट्टे लातुकेफु र ुद स्याडोज नेपालु र ुस्वरु का लिड भोकलिस्ट स्वप्निल शर्मा रहेका छन् । अडिसनका विस्तृत जानकारी र आवेदन प्रक्रियाका बारेमा थप जानकारी एक्सेलसिया कलेजको आधिकारिक वेबसाइटमार्फत लिन सकिने कलेजले जनाएको छ।

    कलेजका आकर्षण

    ⦁  एक्सेलसिया कलेज, अस्ट्रेलियाको सिड्नीमा अवस्थित छ।

    ⦁ संगीतमा स्नातक र स्नातकोत्तर, ड्रामाटिक आर्टमा स्नातक र स्क्रिन प्रडक्सनमा स्नातक पढाइ

    ⦁ १ वर्ष बिराएर पोखरा, धरान, बिर्तामोड र बुटवलमा समेत अडिसन हुने

    ⦁ प्रत्येक वर्ष १ हजारले अडिसनका लागि दर्ता गर्छन् जसमध्ये अडिसनका लागि ३ सय छनोट हुन्छन् । त्यसमध्ये ४५(६० विद्यार्थी अस्ट्रेलियामा संगीत अध्ययनका लागि छनोट हुन्छन् । 

    ⦁ स्नातकमा १५ हजार स्नातकोत्तर तहका लागि ६ हजार अस्ट्रेलियन डलर छात्रवृत्ति

       

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार