images
images

भारतले सुन र चाँदीको भन्सार शुल्क घटाउने, ६ प्रतिशत कायम गर्ने

भारतले सुन र चाँदीको भन्सार शुल्क घटाउने, ६ प्रतिशत कायम गर्ने

मंगलवार, साउन ८ २०८१
मंगलवार, साउन ८ २०८१
  • भारतले सुन र चाँदीको भन्सार शुल्क घटाउने, ६ प्रतिशत कायम गर्ने

    काठमाडौँ / भारतले सुन र चाँदीको भन्सार शुल्क घटाउने घोषणा गरेको छ ।

    वित्त वर्ष २०२४/२५ का लागि वित्तमन्त्री निर्मला सीतारमणले मंगलबार सार्वजनिक गरेको बजेटमा यस्तो घोषणा गरिएको हो ।

    बजेट भाषणमा भनिएको छ, ‘सुन र बहुमूल्य धातुमा आन्तरिक मूल्य अभिवृद्धि गर्न सुन र चाँदीमा भन्सार घटाउने प्रस्ताव गरिएको छ ।’ प्रस्तावित भन्सार दर सुन र चाँदीमा ६ प्रतिशत कायम गर्ने उल्लेख छ ।

    यसले भारतभित्र सुन र चाँदीको मूल्य अहिलेको तुलनामा कम हुने छ । हाल भारतीय बजारमा सुनको भाउ प्रति १० ग्राम ७३ हजार ५८० भारु (१ लाख १७ हजार ७२८ रुपैयाँ)  छ । नेपाली बजारमा भने प्रति १० ग्राम सुनको भाउ १ लाख २५ हजार ४३० रुपैयाँ छ ।

    अहिले नै नेपाल र भारतमा सुनको मूल्यान्तर प्रति १० ग्राममा ७ हजार ७०२ रुपैयाँ छ । अब भारतमा भन्सार दर घटेपछि सुनको भाउमा नेपालसँगको अन्तर अझ धेरै हुनेछ । यसले भारतीय बजारमा तस्करी घटाउन सक्ने छ भने नेपालमा थप बढ्न सक्नेछ ।

    बजेटले मोबाइल फोनको चार्जर, बिजुलीको तार र एक्सरे मेसिनको समेत मूल्य कम हुने गरी नीति ल्याएको वित्तमन्त्री सीतारमणले जनाएकी छिन् ।

    भारतले नेपालको छिमेकी मुलुक बिहार र आन्द्र प्रदेशलाई अधिक प्राथमिकता दिएर बजेट ल्याएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बिहारमा मात्र ३ एक्सप्रेस वे बनाउने घोषणा गरिएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार