images
images

भन्सार विभागको तथ्याङ्क : यी हुन् नेपालले धेरै वस्तु आयात गर्ने १० मुलुक

भन्सार विभागको तथ्याङ्क : यी हुन् नेपालले धेरै वस्तु आयात गर्ने १० मुलुक

मंगलवार, साउन ८ २०८१
मंगलवार, साउन ८ २०८१
  • भन्सार विभागको तथ्याङ्क : यी हुन् नेपालले धेरै वस्तु आयात गर्ने १० मुलुक

    काठमाडौँ / भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक बर्ष २०८०÷८१ मा नेपालको वैदेशिक व्यापार निरन्तर खस्कँदो अवस्थामा छ ।

    २०८० साउनदेखि २०८१ असार मसान्तसम्मको अवधिमा आयात १.१६ प्रतिशत र निर्यात ३.०३ प्रतिशतले खुम्चिएको छ ।

    यता, आर्थिक वर्ष २०७८/७९ मा कीर्तिमानी १९ खर्ब २० अर्बको वस्तु भित्रिएको थियो । त्यसयता निरन्तर आयात खुम्चँदो छ । सो आर्थिक वर्षमा नेपालको आयात २४.७२ प्रतिशतले बढेको थियो । यस्तै निर्यात ४१.७४ प्रतिशतले बढेर २ खर्बमाथि पुगेको थियो ।

    त्यसयता आर्थिक वर्ष २०७९/८० मा आयात १६.०८ प्रतिशतले खुम्चियो । उक्त आर्थिक वर्षमा नेपालको आयात १९ खर्ब २० अर्बबाट खुम्चिएर १६ खर्ब ११ अर्ब रुपैयाँमा आइपुगेको थियो ।

    भन्सार विभागका अनुसार नेपालले १७० भन्दा धेरै मुलुकसँग व्यापार गरेको छ । जसमा आयातको सबैभन्दा ठूलो हिस्सा छिमेकी मुलुक भारतबाट भइरहेको छ । भारतसँग नेपालको आयात मात्रै नभई निर्यातमा पनि सबैभन्दा ठूलो हिस्सा रहेको छ । 

    पेट्रोलियम पदार्थ, सवारीसाधन, तयारी पोशाक तथा खाद्यान्न र तरकारीका लागि नेपाल भारतमा अधिक निर्भर देखिन्छ ।

    चीन धेरै वस्तु आयात हुने मुलुकको दोस्रो स्थानमा छ । चीनबाट लत्ताकपडासहितका वस्तु आयात हुने गरेको छ ।

    तेस्रो स्थानमा यूएई रहेको छ । धेरै वस्तु आयात हुने प्रथम १० मुलुकमा अमेरिकी र युरोपेली मुलुक समेत रहेका छन् ।

    यो सूचीको पाँचौ स्थानमा युद्धग्रस्त मुलुक युक्रेन रहेको छ । जहाँबाट धेरै वस्तु नेपाल आयात भएको छ । यस मुलुकबाट नेपालमा खाने तेल, गहुँलगायत वस्तुको आयात अधिक हुने गरेको छ ।

    यी हुन् नेपालले धेरै वस्तु आयात गर्ने १० मुलुक 

    2.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार