images
images

नेपालले गर्छ अर्बौँ रुपैयाँको खाद्यान्न आयात, तरकारीबाट मात्रै सरकारलाई २७ अर्ब ४८ करोडको घाटा

नेपालले गर्छ अर्बौँ रुपैयाँको खाद्यान्न आयात, तरकारीबाट मात्रै सरकारलाई २७ अर्ब ४८ करोडको घाटा

एक बर्षको अवधीमा नेपालले ४५ अर्ब ७९ करोड रुपैयाँ बराबरको खाद्यान्न आयात गरेको हो ।

बुधवार, साउन ९ २०८१
बुधवार, साउन ९ २०८१
  • नेपालले गर्छ अर्बौँ रुपैयाँको खाद्यान्न आयात, तरकारीबाट मात्रै सरकारलाई २७ अर्ब ४८ करोडको घाटा

    काठमाडौँ / आर्थिक बर्ष २०८०/८१ मा नेपालले ४५ अर्ब रुपैयाँ बराबरको खाद्यान्न आयात गरेको छ । 

    भन्सार विभागले सार्वजनिक गरेको आर्थिक बर्ष २०८०/८१ को वैदेशिक व्यापार तथ्याङ्क अनुसार एक बर्षको अवधीमा नेपालले ४५ अर्ब ७९ करोड रुपैयाँ बराबरको खाद्यान्न आयात गरेको हो । 

    यस अवधीमा सरकारले खाद्यान्न आयातबाट २ अर्ब ९८ करोड रुपैयाँ राजस्व सङ्कलन गरिएको छ। एक बर्षको अवधीमा विभिन्न मुलुकबाट नेपालमा धान, चामल, मकै लगायत विभिन्न खाद्यान्न आयात गरिएको छ। 

    विभागको तथ्याङ्क अनुसार नेपालले भारतबाट मात्रै ४४ अर्ब रुपैयाँ  बराबर ९ लाख ६० हजार मेट्रिक टन खाद्यान्न आयात गरेको छ । आव २०८०/८१ मा ४ लाख मेट्रिक टन धान र चामल आयात हुँदा २२ अर्ब २३ करोड रुपैयाँ बाहिरिएको छ। 

    यस्तै, ३ लाख ५२ हजार मेट्रिक टन मकै आयात गर्दा १४ अर्ब रुपैयाँ खर्च भएको विभागको तथ्याङ्क छ। यही अवधिमा नेपालबाट १ करोड ५८ लाख रुपैयाँ बराबरको मात्रै खाद्यान्न निर्यात भएको विभागले जनाएको छ।

    साढे २३ अर्ब बराबरको फलफूल आयात, 

    एक वर्षमा नेपालले विभिन्न मुलुकबाट २३ अर्ब ४४ करोड रुपैयाँको फलफूल आयात गरेको छ भने यस अवधीमा नेपालबाट भने ३ करोड रुपैयाँको मात्रै फलफूल निर्यात भएको छ। 

    विदेशबाट ल्याइएको सुन्तलामात्रै एक वर्षभित्र २० हजार मेट्रिक टन उपभोग गरिएको छ। सरकारले राष्ट्रिय फल घोषणा गरेको सुन्तला खरिदमा १ अर्ब ४४ करोड रुपैयाँ बाहिरिएको छ। 

    आर्थिक वर्ष २०८०/८१ को साउनदेखि असारसम्मको अवधिमा नेपाललाई १४ खर्ब ४० अर्ब ६० करोड ४२ हजार रुपैयाँ व्यापार घाटा भएको भन्सार विभागले जनाएको छ। 

    गत आर्थिक वर्षमा नेपालले १५ खर्ब ९२ अर्ब ९८ करोड रुपैयाँको आयात गर्दा नेपालबाट १ खर्ब ५२ अर्ब ३८ करोड १२ लाख ४४ हजार रुपैयाँको निर्यात भएको छ। 

    २८ अर्बभन्दा बढीको तरकारी भित्रियो

    नेपालले एक वर्षमा २८ अर्ब ३१ करोड रुपैयाँभन्दा बढीको विदेशी तरकारी आयात गरेको छ । विभागको तथ्याङ्क अनुसार एक वर्षमा ५ लाख ४५ हजार मेट्रिक टन तरकारी नेपालमा आयात भएको छ ।  

    यस्तै नेपालबाट पनि केही मात्रमा तरकारी निर्यात भएको विभागको तथ्याङ्कमा उल्लेख छ । नेपालबाट ८२ करोड रुपैयाँको तरकारी निर्यात भएको विभागले जनाएको छ ।

    तरकारीबाट सरकारले एक वर्षमा करिब २७ अर्ब ४८ करोड रुपैयाँको घाटा बेहोरेको छ । यस्तै सरकारले एक वर्षमा ४ अर्ब ७२ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । 

    नेपालमा भारतबाट १४ अर्ब ६ करोड र चीनबाट २ अर्ब ३६ करोड रुपैयाँ बारबारको करिब चार लाख मेट्रिक टन तरकारी आयात भएको छ । यस्तै अन्य मुलुकबाट १ लाख मेट्रिक टनभन्दा बढीको तरकारी आयात भएको विभागको तथ्यांक छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार