images
images

यी हुन् विश्वका ठूला जनसंख्या भएका देश, कूल जनसंख्या कति ?

यी हुन् विश्वका ठूला जनसंख्या भएका देश, कूल जनसंख्या कति ?

बिहिवार, साउन १० २०८१
बिहिवार, साउन १० २०८१
  • यी हुन् विश्वका ठूला जनसंख्या भएका देश, कूल जनसंख्या कति ?

    विश्वको जनसंख्या ८ अर्ब रहेको छ । चीन र भारत विश्वका दुई धेरै जनसंख्या भएका देश हुन्। हाल यस मामिलामा भारत पहिलो स्थानमा छ भने चीन त्यसको पछाडि दोस्रो स्थानमा छ।

    विश्वमा सबैभन्दा धेरै जनसंख्या भएको देश कुन हो ? 

    १. भारत

    भारत गत वर्ष सन् २०२३ मा विश्वको सबैभन्दा धेरै जनसंख्या भएको मुलुक बनेको हो र त्यसक्रममा उसले चीनलाई पछि पारेको छ । भारतको जनसंख्या हाल एक अर्ब ४५ करोड नाघेको छ । दश वर्षअघि भारत विश्वमा सर्वाधिक जनसंख्या भएको मुलुकको सूचिमा चीनपछि दोस्रो स्थानमा थियो र उसको जनसंख्या एक अर्ब ३१ करोड थियो ।

    news.JPG

    २. चीन

    विगतमा विश्वको सर्वाधिक जनसंख्या भएको देशको रुपमा रहेको चीन हाल भने दोस्रो  स्थानमा छ । चीनको जनसंख्या एक अर्ब ४२ करोड रहेको छ । चीन १८५ खर्ब डलर जिडिपीसहित विश्वको दोस्रो ठुलो अर्थतन्त्र भएको मुलुक हो ।

    news.JPG

    ३. अमेरिका

    विश्वको सबैभन्दा ठुलो अर्थतन्त्र (२८७ खर्ब डलर जिडिपी) भएको देश अमेरिका जनसंख्याको आधारमा चाहिं तेस्रो स्थानमा छ । राष्ट्रसंघका अनुसार अमेरिकाको हालको जनसंख्या २४ करोड ५० लाख छ ।

    news.JPG

    ४. इण्डोनेसिया

    धेरै जनसंख्या भएका मुलुकको सूचीमा चौथो स्थानमा रहेको इण्डोनेसियाको जनसंख्या २८ करोड ३५ लाख छ । इण्डोनेसिया विश्वको १६औं ठूलो अर्थतन्त्र हो ।

    ५. पाकिस्तान

    दक्षिण एसियाली छिमेकी पाकिस्तान विश्वमा जनसंख्याको आधारमा पाँचौ स्थानमा पर्दछ । पाकिस्तानको जनसख्या करिब २५ करोड १३ लाख छ ।

    news.JPG

    ६. नाइजेरिया

    संयुक्त राष्ट्रसंघको पछिल्लो रिपोर्टअनुसार छैटौं स्थानको नाइजेरियाको जनसंख्या २३ करोड २७ लाख छ ।

    ७. ब्राजिल

    जनसंख्याको आधारमा विश्वमा सातौं ठुलो देश ब्राजिलको कुल जनसंख्या २१ करोड २० लाख छ । हाल विश्वको नबौं ठुलो अर्थतन्त्र रहेको ब्राजिल यो वर्ष ८औं स्थानमा उक्लिने प्रक्षेपण छ । ब्राजिलको जिडिपी २३ खर्ब ३१ अर्ब डलर रहेको छ ।

    ८. बंगलादेश

    क्षेत्रफलमा झण्डै नेपाल जत्रै भए पनि दक्षिण एसियाली मुलुक बंगलादेश विश्वमा धेरै जनसंख्या भएका शीर्ष मुलुकहरूभित्र पर्दछ । त्यहाँको जनसंख्या करिब १७ करोड ३६ लाख छ ।

    news.JPG

    ९. रुस

    क्षेत्रफलको हिसाबले विश्वको सबैभन्दा ठुलो देश रुस जनसंख्याको आधारमा भने नबौं स्थानमा पर्दछ । रुसको हालको जनसंख्या १४ करोड ४८ लाख छ । विश्वको ११औं ठुलो अर्थतन्त्रको रुपमा रहेको रुसको जिडिपी १९ खर्ब ९७ अर्ब डलर छ ।

    news.JPG

    १०. इथियोपिया

    अफ्रिकी मुलुक इथियोपिया विश्वमा धेरै जनसंख्या भएका शीर्ष १० मुलुकको सूचीमा रहेको छ । त्यहाँको जनसंख्या करिब १३ करोड २० लाख रहेको छ ।

    नेपालको कति ? 

    राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको नेपालको जनगणना, २०७८ अनुसार कूल जनसङ्ख्या दुई करोड ९१ लाख ६५ हजार ५ सय ७८ बराबर छ ।

    news.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार