images
images

सूर्योदय वोमीले बोलायो वार्षिक साधारण सभा, बोनस सेयरसहित के–के छन् बोनस सेयर प्रस्ताव ?

सूर्योदय वोमीले बोलायो वार्षिक साधारण सभा, बोनस सेयरसहित के–के छन् बोनस सेयर प्रस्ताव ?

बिहिवार, साउन १० २०८१
बिहिवार, साउन १० २०८१
  • सूर्योदय वोमीले बोलायो वार्षिक साधारण सभा, बोनस सेयरसहित के–के छन् बोनस सेयर प्रस्ताव ?

    काठमाडौँ / सूर्योदय वोमी लघुवित्तले वार्षिक साधारण सभा बोलाएको छ । 

    कम्पनीले बोनस सेयर प्रस्तावसहित वार्षिक साधारण सभा साउन ३२ गते गर्ने निर्णय गरेको हो । 

    सभामा थप सार्वजनिक निष्कासन (एफपीओ) पछि कायम ९१ करोड ५४ लाख ५५ हजार ४६३ रुपैयाँ चुक्ता पुँजीमा १४ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।

    तसर्थ, एफपीओ हात पार्नेले पनि प्रस्तावित बोनस सेयर पाउने भएका छन् । सभामा, नेपाल राष्ट्र बैंकको स्वीकृति बमोजिम संस्थापक सेयरलाई सर्वसाधारणमा परिवर्तन गरी कम्पनीको संस्थापक र सर्वसाधारण समूहको सेयर स्वामित्वलाई प्रबन्धपत्रमा संशोधन गरी पुँजी संरचना परिवर्तन गर्ने प्रस्ताव पनि पेश हुनेछ ।

    साथै, अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्नुपरेमा सम्पूर्ण कार्यको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ । 

    साधारण सभा महालक्ष्मी नगरपालिका, लुभु ललितपुरस्थित लुभु पार्टी प्यालेस एन्ड क्याटेरिङ सेन्टरको सभाहलमा दिउँसो १२ः३० बजे सुरु हुनेछ । कम्पनीले साउन २४ गते बुक क्लोज गर्ने भएकाले साउन २३ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार