images
images

मूल्य बढ्दा घट्यो सुनको आयात, एक बर्षमा २३ अर्ब ६५ करोड बाहिरियो

मूल्य बढ्दा घट्यो सुनको आयात, एक बर्षमा २३ अर्ब ६५ करोड बाहिरियो

बिहिवार, साउन १० २०८१
बिहिवार, साउन १० २०८१
  • मूल्य बढ्दा घट्यो सुनको आयात, एक बर्षमा २३ अर्ब ६५ करोड बाहिरियो

    काठमाडौँ / स्थानीय बजारमा सुनको माग घट्दा आयातमा उल्लेख्य गिरावट आएको छ । 

    भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत आर्थिक बर्ष २०८०/८१ मा २३ अर्ब ६५ करोड रुपैयाँ बराबरको सुन आयात भएको छ । विभागको अनुसार गत आर्थिक वर्षमा कुल २ हजार ६५२ किलो सुन आयात भएको छ । 

    सुनको मूल्य बढेसँगै आन्तरिक बजारमा खपत न्यून हुँदा आयातमा कमी आएको हो । उपभोक्ताको क्रयशक्ति न्यून हुँदा बजारमा माग पनि कम भएपछि त्यसको असर आयातमा पर्न गएको हो । 

    अघिल्लो आर्थिक वर्ष २०७९/८० मा २२ अर्ब ३५ करोड रुपैयाँ बराबरको २ हजार ९१७ किलो सुन आयात भएको थियो । 

    सुनको मूल्य निरन्तर बढेर प्रतितोला १ लाख ५० हजार पुगिसकेको छ। जसले गर्दा सुनको व्यापारमा कमी आएको छ । जस कारण  गत वर्ष सुनको आयात थप घटेको देखिन्छ । 

    सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य सुची अनुसार आज बिहिबार नेपाली बजारमा छापावाला सुन एक लाख ४५ हजार रुपैयाँ कारोबार हुने भएको छ भने, तेजाबी सुन आज एक लाख ४४ हजार तीन सय रुपैयाँमा कारोबार हुनेछ । 

    विभागको अनुसार आर्थिक वर्ष २०७८/७९ मा कुल ३५ अर्ब ६१ करोड रुपैयाँको सुन आयात भएको थियो भने २०७७/७८ मा २७ अर्ब ३४ करोड सुन आयात भएको थियो। यस्तै आर्थिक वर्ष २०७६/७७ मा भने १३ अर्ब रुपैयाँको मात्रै सुन आयात भएको थियो ।

    आर्थिक वर्ष २०७५/७६ मा ३४ अर्ब ६१ करोड रुपैयाँ बराबरको सुन आयात भएको थियो । आर्थिक वर्ष २०७४/७५ मा ३१ अर्ब ७४ करोड रुपैयाँको सुन आयात भएको थियो। आर्थिक वर्ष २०७३/७४ मा २३ अर्ब २३ करोड रुपैयाँको सुन आयात भएको थियो भने आर्थिक वर्ष २०७२/७३ मा साढे १५ अर्ब रुपैयाँ बराबरको सुन आयात भएको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार