images
images

चीनद्वारा प्रमुख ऋणको व्याजदरमा कटौती

चीनद्वारा प्रमुख ऋणको व्याजदरमा कटौती

बिहिवार, साउन १० २०८१
बिहिवार, साउन १० २०८१
  • चीनद्वारा प्रमुख ऋणको व्याजदरमा कटौती

    चीनको केन्द्रीय बैङ्कले बिहीबार अप्रत्याशित रुपमा मध्यावधि ब्याजदरमा चार वर्षयताकै सबैभन्दा बढी कटौती गरेको छ ।

    विश्वको दोस्रो ठूलो अर्थतन्त्र (चीन) मा अत्यधिक ऋणग्रस्त सम्पत्ति क्षेत्र, सुस्त खपत र उच्च युवा बेरोजगारीले अर्थतन्त्रको बलियो अवस्थामा प्रभाव पारेको हालैका वर्षहरूमा गम्भीर आर्थिक समस्याहरूको सामना गर्नुपरेको छ ।

    बिहीबार बिहान पिपुल्स बैंक अफ चाइनाले आफ्नो मध्यमकालीन ऋण सुविधा (एमएलएफ) को ब्याजदर २.५ प्रतिशतबाट घटाएर २.३ प्रतिशतमा झारेको छ ।

    केन्द्रीय बैंकले सामान्यतया महिनाको मध्यमा पूर्वनिर्धारित दिनमा एमएलएफ घोषणा गर्दछ ।

    गत बर्षको अगष्टमा पछिल्लो पटक ब्याजदर घटाइएको थियो तर अहिलेको समायोजनपछि अप्रिल २०२० यताकै सबैभन्दा न्यून ब्याजदर कायम भएको छ । 

    केन्द्रीय बैङ्कले सोमबार महत्त्वपूर्ण दुई ब्याज दरहरू कटौती गरेपछि अपेक्षित रूपमा नै
    यो समायोजन आएको हो ।

    सन् २०२२ को अन्त्यतिर हटाइएको महामारीविरोधी कडा कदमको प्रभावबाट देशको अर्थतन्त्र पूर्णरुपमा उठ्न असफल भएको छ ।

    चिनियाँ अधिकारीहरूले यस वर्षको लागि पाँच प्रतिशतको हाराहारीमा आर्थिक वृद्धिको आधिकारिक लक्ष्य राखेका छन् ।
    तर यसलाई धेरै अर्थशास्त्रीहरूले महत्त्वाकाङ्क्षी मानेका छन् र यो दोस्रो त्रैमासिकमा मात्र ४.७ प्रतिशतले वृद्धि भएको गत हप्ताको तथ्याङ्कले देखाएको छ । 

    चिनियाँ राष्ट्रपति सी चिनफिङलगायत कम्युनिस्ट पार्टीका नेताहरू बेइजिङमा एक बैठकका लागि भेला भएका बेला उनीहरूले अर्थव्यवस्थामा ‘जोखिम हटाउन’ र घरेलु खपत बढाउन बारम्बार आह्वान गरेका थिए ।

    यद्यपि, उनीहरूले अहिलेसम्म वृद्धिलाई पुनर्जीवित गर्न केही ठोस उपायहरू प्रस्ताव गरेका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार