images
images

एक बर्षमा जमुनाह नाकाका हुँदै भारतबाट एक अर्बको आलु आयात, २७ करोड २२ लाख राजस्व संकलन

एक बर्षमा जमुनाह नाकाका हुँदै भारतबाट एक अर्बको आलु आयात, २७ करोड २२ लाख राजस्व संकलन

बिहिवार, साउन १० २०८१
बिहिवार, साउन १० २०८१
  • एक बर्षमा जमुनाह नाकाका हुँदै भारतबाट एक अर्बको आलु आयात, २७ करोड २२ लाख राजस्व संकलन

    बाँकेको जमुनाह सीमानाका हुँदै भारतबाट गत आर्थिक वर्ष ०८०/८१ मा रु. एक अर्ब ११ करोड ६१ लाखको आलु आयात गरिएको छ। सो अवधिमा चार करोड ४९ लाख ८४ हजार ६ सय ६९ किलो आलु भारतबाट आयात गरिएको हो।

    नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी पूर्णप्रसाद लम्सालका अनुसार आर्थिक वर्ष ०७९/८० भन्दा गत आवमा रु. १८ करोडको आलु बढी आयात गरिएको हो। आर्थिक वर्ष ०७९/८० मा रु. ९३ करोड ६० लाख ६९ हजारबराबरको तीन करोड ७५ लाख ८५ हजार ८८ किलो आलु आयात गरिएको थियो।

    आलु आयातबाट आव ०७९/८० मा रु. १४ करोड ७७ लाख २२ हजार तथा गत आव ०८०/८१ मा रु. २७ करोड २२ लाख ४४ हजार राजस्व संकलन भएको सूचना अधिकारी लम्सालले बताए। अघिल्लो आवको तुलनामा गत आवमा रु. १३ करोड राजस्व वृद्धि भएको छ।

    पछिल्लो समय बाँके, बर्दिया, दाङ, सल्यानलगायतका जिल्लामा आलु उत्पादन उल्लेखनीय मात्रामा बढ्दै गए पनि भारतबाट आयात भने नघटेको कृषि ज्ञान केन्द्रका प्रमुख सकिल अहमदले बताए।

    उनका अनुसार आलु र प्याजमा आत्मनिर्भर बन्न सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको भए पनि आयातमा कमी आउन सकेको छैन। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार