images
images

गण्डकी प्रदेश आउने विदेशी पर्यटकको औसत बसाइ १२ दिन !

गण्डकी प्रदेश आउने विदेशी पर्यटकको औसत बसाइ १२ दिन !

शुक्रवार, साउन ११ २०८१
शुक्रवार, साउन ११ २०८१
  • गण्डकी प्रदेश आउने विदेशी पर्यटकको औसत बसाइ १२ दिन !

    काठमाडौँ / गण्डकी प्रदेश भ्रमण गर्ने विदेशी पर्यटकहरूको औसत बसाइ अवधि १२ दिन हुने गरेको छ । 

    नेपाल राष्ट्र बैंक पोखरा कार्यालय, अनुसन्धान इकाईले सार्वजनिक गरेको गण्डकी प्रदेश भ्रमण गर्ने विदेशी पर्यटकहरुको बसाई तथा खर्चको प्रवृत्तिको विशेष अध्ययन प्रतिवेदन २०८०/८१ मा यस्तो देखिएको हो । 

    राष्ट्र बैंकको अनुसार गण्डकी प्रदेश भ्रमण गर्ने पर्यटकहरूको नेपालमा औसत बसाई अवधि २२ दिन रहेको पाइयो भने गण्डकी प्रदेशमा औसत बसाई अवधि १२ दिन रहेको पाइएको हो ।

    सर्वेक्षणमा संलग्न पुरुष पर्यटकहरुको तुलनामा महिला पर्यटकको औसत बसाई अवधि उच्च रहेको छ । नेपाल भ्रमण गर्ने महिला पर्यटकहरुले औसतमा २५ दिन र पुरुष पर्यटकहरुले औसतमा २० दिन भ्रमण गर्ने गरेको सार्वेक्षणले देखाएको हो । 

    यसैगरी सर्वेक्षणमा संलग्न पर्यटकहरुमध्ये पुरुष पर्यटकहरुको गण्डकी प्रदेशमा औसत बसाई अवधि ११ दिन र महिला पर्यटकहरुको १३ दिन रहेको पाइएको छ । 

    1.JPG

    सर्वेक्षणमा संलग्न पर्यटकहरुमध्ये ३१ देखि ४५ उमेर समूहका पर्यटकहरुको औसत बसाई अवधि उच्च (नेपालमा २५ दिन र गण्डकी प्रदेशमा १४ दिन ) रहेको देखिएको छ । 

    त्यसैगरी ५५ देखि बढी उमेर समूहका पर्यटकहरुको गण्डकी प्रदेशमा औसत बसाई अवधि सबैभन्दा न्यून (९ दिन) रहेको देखियो भने २० वर्षसम्म पर्यटकहरुको नेपालमा औसत बसाई अवधि सबैभन्दा न्यून (१९ दिन) रहेको पाइएको हो । 

    2.JPG

    गण्डकीमा कुन कुन मुलुकबाट आए पर्यटक ? 

    प्रतिवेदन अनुुसार गत आर्थिक वर्ष विश्वका विभिन्न ४१ देशबाट गण्डकी प्रदेशमा पर्यटक आएका छन् । तीमध्ये सबैभन्दा धेरै भारत, फ्रान्स, अमेरिका, बेलायत र अस्ट्रेलियाका पर्यटक आएका छन् ।

    महादेशका आधारमा सबैभन्दा बढी यूरोपबाट पर्यटक आएका छन् । गत आर्थिक वर्ष गण्डकीमा आएका विदेशी पर्यटकमध्ये यूरोपबाट आएका ४६.२५ प्रतिशत छन् भने अमेरिकाबाट ०.७५ प्रतिशत आएका छन् । अफ्रिकाबाट भने गत वर्ष गण्डकी प्रदेशमा पर्यटक नै नआएको प्रतिवेदनमा उल्लेख छ ।

    गण्डकी आउने विदेशी पर्यटकमा ३१ देखि ४५ वर्ष उमेर समूहका सबैभन्दा धेरै अर्थात् ३३ प्रतिशत छन् भने सबैभन्दा कम २० वर्षसम्म उमेर समूहका १.५ प्रतिशत छन् ।

    यस्तै, सबैभन्दा बढी पर्यटक साहसिक क्रियाकलापमा संलग्न हुन गण्डकी आउने गरेका छन् । साहसिक क्रियाकलापमा संलग्न हुन गण्डकी आउने पर्यटक ४०.१८ प्रतिशत रहेका छन् भने व्यापारिक प्रयोजनका लागि आउने पर्यटक २.९८ प्रतिशत छन् ।

    गत वर्ष गण्डकीमा पहिलो पटक आउने पर्यटक ६८ प्रतिशत रहँदा ३२ प्रतिशत भने एक पटकभन्दा बढी आइसकेको वर्गमा परेका छन् । यस्तै, एकल भ्रमण गर्ने पर्यटक ३४.७५ प्रतिशत, साथीसँग भ्रमण गर्ने २८.७५ प्रतिशत, परिवारसँग भ्रमण गर्ने २२.५० प्रतिशत र समूहमा भ्रमण गर्ने १४ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।

    सर्वेक्षणमा संलग्न गण्डकी प्रदेश भ्रमण गर्ने पर्यटकको नेपालमा औसत बसाइ २२ दिन रहेकोमा त्यसमध्ये १२ दिन गण्डकीमा बस्ने गरेको पाइएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार