images
images

राष्ट्र बैंकले ल्यायो तरलता व्यवस्थापन गर्ने रणनीतिसहितको मौद्रिक नीति [पूर्णपाठसहित]

राष्ट्र बैंकले ल्यायो तरलता व्यवस्थापन गर्ने रणनीतिसहितको मौद्रिक नीति [पूर्णपाठसहित]

शुक्रवार, साउन ११ २०८१
शुक्रवार, साउन ११ २०८१
  • राष्ट्र बैंकले ल्यायो तरलता व्यवस्थापन गर्ने रणनीतिसहितको मौद्रिक नीति [पूर्णपाठसहित]

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले आर्थिक बर्ष २०८१/८२ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अन्तरबैंक दरलाई मौद्रिक नीतिको सञ्चालन लक्ष्यको रूपमा लिई तरलता व्यवस्थापन गर्ने रणनीतिसहित मौद्रिक नीति ल्याइएको घोषणा गरे । 

    नीतिगत दरमार्फत अन्तरबैंक दर हुँदै बैंकिङ्ग क्षेत्रको ब्याजदरलाई प्रभाव पार्ने प्रसार संयन्त्र अवलम्बन गरिएको उनले बताए । 

    मौद्रिक नीति सार्वजनिक गर्दै उनले नीतिगत दरको परिवर्तनबाट पहिले भारित औसत अन्तरबैंक दरलाई र त्यसबाट निक्षेप तथा कर्जाको ब्याजदरलाई अपेक्षित स्तरमा राख्दै अन्तिम लक्ष्यको रूपमा मूल्य र बाह्य क्षेत्र स्थायित्व हाँसिल गर्ने गरी मौद्रिक  गरी मौद्रिक नीतिको प्रसार संरचना अवलम्बन गरिएको बताए । 

    उपर्युक्त वस्तुस्थितिको विश्लेषणका आधारमा सहज मूल्य र बाह्य क्षेत्र स्थितिलाई मध्यनजर राखी अर्थतन्त्रलाई गतिशील बनाउन सजगतापूर्ण लचिलो मौद्रिक नीतिको कार्यदिशालाई निरन्तरता दिइएको उनको भनाई छ । 

    मुद्रास्फीतिलाई ५.० प्रतिशतको हाराहारीमा राख्ने गरी मौद्रिक विस्तारबाट मूल्यमा चाप पर्न नदिने गरी मौद्रिक व्यवस्थापन गरिने मौद्रिक नीतिमा उल्लेख छ । कम्तिमा ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने गरी विदेशी विनिमय सञ्चिति कायम गर्ने मौद्रिक नीतिको लक्ष्य रहेको छ ।

    आर्थिक वर्ष २०८१/८२ को लागि विस्तृत मुद्राप्रदायको वृद्धिदर १२.० प्रतिशत र निजी क्षेत्रतर्फ जाने कर्जा वृद्धि दर १२.५ प्रतिशतसम्म रहने प्रक्षेपण गरिएको गर्भनर अधिकारीले बताए ।

    हेर्नुस् पूर्णपाठसहित 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार