images
images

लघुवित्तका ऋण तिर्न नसकेका ग्राहकले कर्जा पुनर्तालिकीकरण गर्न पाउने

लघुवित्तका ऋण तिर्न नसकेका ग्राहकले कर्जा पुनर्तालिकीकरण गर्न पाउने

शुक्रवार, साउन ११ २०८१
शुक्रवार, साउन ११ २०८१
  • लघुवित्तका ऋण तिर्न नसकेका ग्राहकले कर्जा पुनर्तालिकीकरण गर्न पाउने

    काठमाडौँ / सरकारले नीति नै ल्याएर लघुवित्त वित्तीय संस्थाहरू तथा तीनका शाखाहरूबिच मर्जर र प्राप्तिलाई प्रोत्साहन गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिमा लघुवित्तहरूलाई अलग्गै शीर्षकमा समावेश गरी मर्जर र प्राप्तिबारे नीतिगत व्यवस्था गरिएको हो । 

    पछिल्लो समय लघुवित्तहरूमा समस्या बढेको र राष्ट्र बैंकले चासो नदिएको गुनसोसमेत आइरहेको थियो । सो विषयलाई मध्येनजगर गर्दै नियामक निकाय केन्द्रीय बैंकले लघुवित्त वित्तीय संस्थाको सेवासम्बन्धमा रहेका गुनासाको सम्बोधन गर्दै ग्राहक हित संरक्षण गर्न अन्तर्राष्ट्रिय असल अभ्यास समेतका आधारमा ग्राहक हित संरक्षणलाई प्राथमिकतामा राखी आवश्यक नियामकीय व्यवस्था समेत गरेको छ । 

    लघुवित वित्तीय संस्थाहरूले कर्जामा लिने ब्याजदर तथा सेवा शुल्कसम्बन्धी नियामकीय व्यवस्थामा समसामयिक पुनरावलोकनसमेत गरिने मौद्रिक नीतिमा उल्लेख छ । “परिस्थितिवश ऋण तिर्न नसकेका लघुवित्तका ग्राहकलाई निश्चित प्रतिशत ब्याज भुक्तानी गरी कर्जा पुनर्तालिकीकरण गर्न सक्ने व्यवस्था गरिनेछ,” मौद्रिक नीतिमा भनिएको छ ।

    कुनै निश्चित प्रदेश वा क्षेत्रमा आफ्नो कार्यक्षेत्र सीमित राखी कार्य गर्ने लघुवित्त वित्तीय संस्थालाई प्रोत्साहन गर्न थप व्यवस्था मिलाइने गर्भनर अधिकारीले जानकारी दिए । राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त सम्पूर्ण लघुवित्त वित्तीय संस्थाहरूमा एनएफआरएस लागु गर्न आवश्यक व्यवस्था गरिने गर्भनर अधिकारीले बताए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार