काठमाडौँ / सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ९२ हजार ३४९ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ ।
एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको यी शेयर साउन १३ गतेदेखि १८ गतेसम्म आवेदन दिन सकिने गरी विक्रीमा आएको हो ।
प्रतिकित्ता १७१ रूपैयाँ अंकित मूल्यमा विक्रीमा आएको यी शेयर खरीदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्नुपर्नेछ ।
यस अघि विद्यमान संस्थापक शेयरधनीहरूमा विक्री गर्दा वितरण हुन नसकेको यी शेयर अन्य व्यक्ति तथा संस्थाहरूले खरीद गर्न पाउने गरी विक्रीमा आएको हो ।
तोकिएको अवधिभित्र न्यूनतम ५ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । यी शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।