images
images

ग्राहकका गुनासा सुनुवाइमा लघुवित्त संस्थालाई राष्ट्र बैंकले जारी गरेको ७ बुँदे निर्देशनमा के–के छ ?

ग्राहकका गुनासा सुनुवाइमा लघुवित्त संस्थालाई राष्ट्र बैंकले जारी गरेको ७ बुँदे निर्देशनमा के–के छ ?

सोमवार, साउन १४ २०८१
सोमवार, साउन १४ २०८१
  • ग्राहकका गुनासा सुनुवाइमा लघुवित्त संस्थालाई राष्ट्र बैंकले जारी गरेको ७ बुँदे निर्देशनमा के–के छ ?

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले ग्राहकका गुनासा सुनुवाइका लागि लघुवित्त वित्तीय संस्थाहरुलाई ७ बुँदे निर्देशन दिएको छ।

    images
    images
    images
    images

    केन्द्रीय बैंकले लघुवित्त वित्तीय संस्थाहरुका लागि जारी एकीकृत निर्देशनमा ग्राहकको गुनासा सुनुवाइको व्यवस्था थप गर्दै ७ बुँदे निर्देशन दिएको हो। यसअघि यो व्यवस्था राखिएको थिएन।

    यस्ता छन् गुनासा सुनुवाइसम्बन्धी व्यवस्था

    – आफ्ना ग्राहकबाट प्राप्त गुनासो/उजुरीको समाधान गर्ने दायित्व सम्बन्धित संस्थाको हुनेछ । यसरी प्राप्त गुनासो/उजुरीको समाधानका लागि संस्थाले गरेको काम–कारबाहीको अभिलेख राख्नुपर्नेछ।

    – सेवाग्राही ग्राहकबाट प्राप्त गुनासो सुनुवाइ गर्न संस्थाले सूचना तथा गुनासो सुनुवाइका निम्ति गुनासो सुन्ने अधिकारी तोक्नुपर्नेछ । संस्थाले उक्त अधिकारीको नाम, पद, फोन नम्बर, मोबाइल नम्बर र ई–मेल ठेगाना वेबसाइटको अग्रभागमा राख्नुपर्नेछ । राष्ट्रियस्तरका संस्थाले २ तह (प्रदेश तह र केन्द्रीय तह) को गुनासो अधिकृत तोक्नुपर्नेछ।

    – संस्थाले उपभोक्ताको गुनासो सुनवाइका लागि हटलाइनसमेतको व्यवस्था गर्नुपर्नेछ । गुनासो लिने प्रक्रिया सरल तथा शुल्क नलाग्ने हुनुपर्नेछ । गुनासो सुनुवाइ गर्ने संयन्त्र कम्तीमा २ वटा (लिखित र मौखिक) हुनुपर्नेछ । गुनासो सुनुवाइ गर्ने प्रक्रिया सार्वजनिक जानकारीका लागिसमेत उपलब्ध गराउनुपर्नेछ । गुनासो समाधान गर्ने समय तालिका उल्लेख गर्नुपर्नेछ । सजिलै पहिचान र पहुँच हुने गरी प्रत्येक शाखामा गुनासो बक्ससमेत राख्नुपर्नेछ।

    – संस्थाका काम–कारबाहीसम्बन्धी गुनासोको सुनुवाइ सहज बनाउन इजाजतपत्रप्राप्त संस्थाले राष्ट्र बैंकको गुनासो पोर्टल gunaso.nrb.org.np को लिंक आफ्नो वेबसाइटमा राख्नुपर्नेछ।

    – संस्थाले ग्राहकका गुनासा सुनुवाइका लागि आफ्नो वेबसाइटमा अनलाइन पोर्टलको समेत व्यवस्था गर्नुपर्नेछ र यसको लिंक आफ्नो वेबसाइटको अग्रभागमा राख्नुपर्नेछ । साथै, पोर्टलमा कुन तहबाट गुनासो सम्बोधन हुने हो, सोको जानकारीसमेत उपलब्ध हुनुपर्नेछ।

    – संस्थाले ग्राहकबाट प्राप्त भएको गुनासो रेकर्ड राख्नुपर्ने र सोको निरुपणसम्बन्धी तथ्यांक (अनुसूची १९.१ बमोजिम) राष्ट्र बैंकको ई–मेल [email protected] मा पठाउनुपर्नेछ । साथै, ग्राहकबाट प्राप्त भएका गुनासा र सोको निरुपणको अवस्था अर्धवार्षिक (असार, पुस) रुपमा अवधि समाप्त भएको १५ दिनभित्र राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखामा र लघुवित्त वित्तीय संस्था सुपरिवेक्षण विभागमा पेस गर्नुका साथै आफ्नो वार्षिक प्रतिवेदनमा समेत प्रकाशन गर्नुपर्नेछ । आन्तरिक तथा वाह्य लेखापरीक्षकले गुनासा अभिलेख तथा फर्छ्यौटसम्बन्धी मूल्यांकनसमेत गर्ने व्यवस्था गर्नुपर्नेछ।

    फिल्ड सहायकले समेत गुनासाहरु संकलन गरी समाधानका लागि माथिल्लो तहमा पठाउन सक्ने व्यवस्था गनुपर्नेछ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार