images
images

हुलास स्टिलले मनायो संस्थापक दिवस, ट्रान्समिसन लाइनका लागि टावर र १३ मिटरसम्मका पोल नेपालमै उत्पादन हुने

हुलास स्टिलले मनायो संस्थापक दिवस, ट्रान्समिसन लाइनका लागि टावर र १३ मिटरसम्मका पोल नेपालमै उत्पादन हुने

सोमवार, साउन १४ २०८१
सोमवार, साउन १४ २०८१
  • हुलास स्टिलले मनायो संस्थापक दिवस, ट्रान्समिसन लाइनका लागि टावर र १३ मिटरसम्मका पोल नेपालमै उत्पादन हुने

    काठमाडौँ / हुलास स्टिल इन्डष्ट्रिजले आज (सोमबार) संस्थापक दिवस मनाएको छ । सो अवसरमा उद्योगले कारखानास्थल लगायत काठमाडौँस्थित करपोरेट कार्यालय, पोखरा, चितवन, बिराटनगरलगायत अन्य शाखा कार्यालयहरूमा आँखा परीक्षण, बृक्षरोपण तथा आर्थिक सहयोग प्रदानका कार्यक्रमहरू समेतको आयोजना गरेको थियो । 

    औद्योगिकरणका सुत्रधार एवम् सुप्रसिद्ध प्रवल गोरखा दक्षिणबाहुबाट सम्मानित स्व.दिवाकर गोल्छाको सम्मान एवं सम्झनामा उद्योगले संस्थापक दिवस मनाउदै आएको छ । दिवकर गोल्छा दुरदर्शिता, मार्गदर्शनहरू, देश निर्माणप्रति निष्ठावान रही स्वदेशमै राजेगारी श्रृजना गर्ने व्यक्तित्व हुन् । 

    देशलाई औद्योगिकीकरण र रोजगारीतर्फ उन्मुख गराउने स्व. गोल्छाको चाहना स्वरूप देशका विभिन्न स्थानहरूमा कर्कटजस्तापात तथा पाइप, जूट, चिनी, खाद्यान्न, आल्मुनियम, स्टील युटेन्सील, जि.आई, आल्मुनियम, कप्पर वायर तथा इलेक्ट्रोनिक्स बस्तुहरू उत्पादन गर्ने उद्योगहरूको स्थापना गरी लगभग २० हजार जनालाई रोजगारी प्रदान गरिएको उद्योगले बताउँदै आएको छ । 

    गुणस्तरिय कर्कटजस्तापाता स्वदेश मै उत्पादन गरी खरको छानालाई विस्थापित गर्ने अभिप्रायले नेपालको पहिलो स्टील उद्योगका रूपमा स्थापना भएको हुलास स्टील इन्डष्ट्रिजले ४३ वर्षको यात्रामा देशको अर्थतन्त्र र रोजगारी प्रदानमा उल्लेख्य योगदान पुर्याइरहेको छ । 

    ४३ वर्ष अगाडि हुलास स्टील स्थापना हुँदाको सिमरा र आज सिमराको अवस्थाले नै औद्योगिकरणले स्थानीय स्तरको बृद्धि विकासमा अहम् भुमिका खेल्छ भन्ने कुरा इंगित गर्ने उद्योगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

    हाल दिवाकर गोल्छा अर्गनाईजेसन अन्र्तगत विभिन्न प्रकारका स्टीलजन्य बस्तुहरू उत्पादन गर्दै आईरहेको हुलास स्टील ईण्डष्ट्रिज लिमिटेडले समय सापेक्ष रूपमा प्रविधि, क्षमता र रोजगारीलाई विस्तार गर्दै जाने क्रममा पर्सा जिल्लाको बेल्वामा पर्सा जिल्लाको बेल्वामा १ अर्ब रुपैयाँभन्दा बढी लगानीमा हुलास स्टिल युनिट-२ उद्योगको स्थापना गरी नेपालमै पहिलो पटक न्यू टेक्नोलोजीको Largest and Latest Galvanizing Facility र 13 meters hot dip galvanizing bath जडान गरेको छ । 

    नेपालमा विद्युतको माग अत्यधिक बढी रहेको अवस्थामा सोलाई विस्तार गर्नका लागि ट्रान्समिसन टावर तथा वितरण लाइन आवश्यक पर्ने हुँदा उक्त बस्तुहरू अन्य मुलुकहरूबाट आयात गर्नाले न्यून गुणस्तरीय हुनका साथै निर्माण कार्यमा अत्यधिक ढिलाई भई लागत मूल्यमा बृद्धि हुन जान्छ । 

    जबकी यस्तै प्रकारका बस्तुहरू स्वदेश मै उत्पादन हुने भएको हुनाले स्वदेशी बस्तुहरूको प्रयोग गरिनाले निर्माण कार्य द्रुतगतिमा सम्पन्न भई लागत मूल्यमा कमी आउनुका साथै देशको अर्थ ब्यवस्थामा बृद्धि भई स्वदेशी उद्योगहरूको संरक्षण एवम् सम्वद्र्धन हुने उद्योगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

    हाल ट्रान्समिसन टावर तथा वितरण लाइनको विस्तारमा कमी आउनका कारणले गर्दा लगभग एक हजार मेगावाट विद्युत खेर गइरहेको उद्योगको भनाई छ । 

    विद्युत प्रसारण लाइनका लागि आवश्यक पर्ने विभिन्न प्रकारका बस्तुहरू छिमेकी मुलुक भारत लगायत अन्य मुलुकहरूबाट विभिन्न सुविधाहरूको प्रयोग गरी भन्सार महशुल, मूल्य अभिबृद्धि कर र अन्तःशुल्क माफीमा आयात भइरहेको छ । 

    स्वदेशी उद्योगहरूले सोही प्रकृतिका बस्तुहरू उत्पादन गर्नका लागी आयात गर्ने कच्चा पदार्थहरूमा भन्सार, अन्तःशुल्क र मु.अ.कर गरी ३५ प्रतिशतसम्म राजश्व असुलउपर गर्नाले आयातित बस्तुहरूसँग प्रतिष्पर्धा गर्न नसकी स्वदेशी उद्योगहरू धरासायी हुँदै गएका छन् । 

    हुलास स्टील युनिट-२ उद्योगबाट Steel Lattice Towers, Substation Structure, Octagonal Pole, High Mast Pole, Mono Pole, Street Light Pole, Penstock Pipe, Bridgeलगायत अन्य विभिन्न प्रकारका स्टीलजन्य बस्तुहरू उत्पादन हुन्छ । उक्त बस्तुहरू लगभग ८ देखि १० अर्ब रुपैयाँ बराबरको आयात भइरहेको हुनाले सो प्रतिस्थापन गर्न सकेमा लगभग ५०० देखि ७०० जनालाई थप रोजगारी प्रदान गर्न सकिने उद्योगले जनाएको छ ।

    आयात प्रतिस्थापन, रोजगारी श्रृजना, विदेशी मुद्राको बचत र राजश्व बृद्धिलगायत मेक इन नेपालको अवधारणालाई सार्थक बनाउने उद्योगद्वारा जारी विज्ञप्तिमा उल्लेखमा छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार