images
images

र्यापरको सहयोगमा ह्यारिसको निशानामा युद्ध मैदान जर्जिया

र्यापरको सहयोगमा ह्यारिसको निशानामा युद्ध मैदान जर्जिया

बुधवार, साउन १६ २०८१
बुधवार, साउन १६ २०८१
  • र्यापरको सहयोगमा ह्यारिसको निशानामा युद्ध मैदान जर्जिया

    अमेरिकी राष्ट्रपति पदका उम्मेदवार कमला ह्यारिसले डोनाल्ड ट्रम्पविरुद्ध डेमोक्रेटहरूको युद्धक्षेत्र विस्तार गर्न र हिप–हप स्टार मेगन थे स्ट्यालियनको उपस्थितिमा युवा काला मतदाताहरूलाई अपिल गर्ने आशामा मङ्गलबार जर्जियामा जुलुस निकालिन् । 

    images
    images

    सन् २०२४ को निर्वाचनबाट पछि हट्नुअघि राष्ट्रपति जो बाइडेनको नेतृत्वमा आशाभन्दा बाहिरको देखिएपछि उपराष्ट्रपति ह्यारिसको अटलान्टा भ्रमण यस्तो समयमा भइरहेको छ जतिबेला उत्साहित डेमोक्रेटहरू स्विङ स्टेटलाई पुनः सक्रिय मान्न थालेका छन्। 

    ह्वाइट हाउसको दौड अहिले आफ्नो चरम अवस्थामा छ । उन्साठ्ठी वर्षीया ह्यारिसले मङ्गलबार बाइडेनलाई प्रतिस्थापन गरेपछि आफ्नो पहिलो टेलिभिजन विज्ञापन जारी गरिन् ।  

    ट्रम्प खेमाले भने अध्यागमनको महत्त्वपूर्ण चुनावी मुद्दामा उनीमाथि हमला गर्दै द्वन्द्वयुक्त विज्ञापन जारी गरेको छ । 

    “हामी जर्जियालाई अत्यन्त प्रतिस्पर्धी मान्दछौँ”, ह्यारिस अभियान रणभूमि राज्यका निर्देशक डान कानिनले सोमबार पत्रकारहरूसँगको कुराकानीमा भनिन्, “स्पष्ट छ, उपराष्ट्रपतिले हाम्रो आधारलाई सक्रिय र सङ्गठित बनाइरहनुभएको छ ।”

    दक्षिणी राज्यमा कडा सङ्घर्ष हुने सङ्केत गर्दै ट्रम्प र उनको दौडमा रहेका साथी जेडी भान्सले शनिबार अटलान्टामा आफ्नै र्याली आयोजना गर्ने घोषणा गरे । 

    ट्रम्प अभियानले मङ्गलबार विज्ञप्तिमा भनेको छ, “कमला ह्यारिस र उहाँका सहयोगी साथीहरूले जर्जियाका महान जनतालाई उनीहरूको जागृत नीतिहरूका लागि ठूलो मूल्य चुकाउनुपरेको छ ।”

    ह्यारिसले मिसिगन, विस्कन्सिन र पेन्सिलभेनियाका तीन ‘रस्टबेल्ट’ पोस्ट–औद्योगिक राज्यहरूमा आधारित डेमोक्रेटहरूको आशाका साथ कमजोर बाइडेनबाट धुमिल चुनावी नक्सा आफ्नो हातमा लिएका छन् । 

    तर उनीहरूले अहिले जर्जिया, एरिजोना र नेभादाजस्ता अन्य ‘सनबेल्ट’ राज्यमा पुनः आशाका साथ हेरिरहेकोह्यारिसको अभियानले बताएको छ । 

    ती राज्यमध्ये सबैमा डेमोक्रेटहरूले सन् २०२० को निर्वाचनमा सामान्य अन्तरले जित हासिल गरेको थियो । 

    युवा मतदाताहरूका लागि केही तडकभडक थप्न मेगन थे स्ट्यालियन क्रियाशील हुनेछन् । उनी ह्यारिसको सेलिब्रेटी समर्थकहरूको शृङ्खलामा पछिल्लो सेलिब्रेटी हुन्। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार