images
images

लिट्मस केबल्सको पावर पार्टनर्स मिट सम्पन्न

लिट्मस केबल्सको पावर पार्टनर्स मिट सम्पन्न

शुक्रवार, साउन १८ २०८१
शुक्रवार, साउन १८ २०८१
  • लिट्मस केबल्सको पावर पार्टनर्स मिट सम्पन्न

    काडमाडौँ / लिट्मस इन्डिस्ट्रिजले दोस्रो पावर पार्टनर्स मिट २०८१ कार्यक्रम काठमाडौँको हायात होटेलमा सम्पन्न गरेको छ । कार्यक्रममा देशैभरबाट लिट्मसका डिलर तथा वितरकका साथसाथै एम्इपि, इपिसी तथा कर्पोरेट पार्टनर्सहरू गरी २०० जनाको उपस्थिति रहेको थियो । 

    सो कार्यकममा कम्पनीको तर्फबाट जानकारीमूलक प्रस्तुतिका साथै उपलब्धिमूलक नेटवर्किङ सेसनको पनि आयोजना गरिएको थियो । 
     
    नेपालभरिबाट कार्यक्रममा सहभागी भएका च्यानल पार्टनरहरुको आतिथ्यबाट सुरु भएको कार्यक्रममा लिट्मसले आफ्ना महत्वपूर्ण कोशेढुङ्गा, भावी योजना साथै नेपाली बजारकै पहिलो वातावरणमैत्री तार लिट्मसको इकोवायरजेडएच्बारे पनि सहभागीहरुलाई विस्तारमा जानकारी गराएको थियो । 

    कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक रोहित गुप्ताले कम्पनीको लभभग पाँच दशकको यात्रा र उपलब्धिहरुबारे विस्तृत रुपमा चर्चा गरे । कम्पनीका उपाध्यक्ष साथै नेपाल विद्युतीय उत्पादक संघ (निमा)का सचिव समेत रहेका सरोज मिश्राले लिट्मसको सुरुवात, हालको बजार उपस्थिति र कम्पनीको विकासको प्रचुर सम्भावनाबारे कुराहरु राखे । 

    मिश्राले कम्पनीलाई नेपाली बजारमा अग्रणी उत्पादकको रुपमा कायम राख्न कम्पनी गुणस्तर, अत्याधुनिक प्रविधि र नवप्रवर्तनप्रति प्रतिबद्ध रहेको कुरामा पनि जोड दिए ।  कार्यक्रमको अवसरमा कम्पनीले आफ्नो सुरक्षा र गुणस्तरप्रतिको लगाव र विश्वासलाई कसरी हासिल गरिरहेको र कायम राखिरहेको छ भन्ने कुरालाई पनि प्रष्ट पारेको थियो । 

    सोही कार्यक्रममा कम्पनीले आफ्नो महत्वकाङ्क्षी र रणनैतिक भावी योजना अन्तर्गतको अत्याधुनिक प्रविधि र विशाल उत्पादन क्षमतासहितको परासीमा बन्दै गरेको नयाँ उत्पादन युनिट ‘लिट्मस २.०’ बारे पनि सहभागीलाई जानकारी गराएको थियो ।

    यस नयाँ युनिटले कम्पनीको उत्पादन क्षमता वृद्धि गर्दै र गुणस्तरलाई अझ सुदृढ बनाउँदै बजारको बढ्दो मागलाई सम्बोधन गर्ने र बजारमा कम्पनीको अग्रतालाई अझ बलियो बनाउने कम्पनीको भनाइ छ । 

    कम्पनीले सोही आयोजनामा इनामेल, मल्टिस्ट्र्याण्ड, इकोवायरजेडएच् र इमर्जिङ् डिलर गरी चार विधामा सर्वोत्कृष्ट हुन सफल भएका डिलरहरुलाई पुरस्कृत पनि गरेको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार