images
images

सहकारी र भूमि समस्या समाधान सरकारको उच्च प्राथमिकता : मन्त्री अधिकारी

सहकारी र भूमि समस्या समाधान सरकारको उच्च प्राथमिकता : मन्त्री अधिकारी

शुक्रवार, साउन १८ २०८१
शुक्रवार, साउन १८ २०८१
  • सहकारी र भूमि समस्या समाधान सरकारको उच्च प्राथमिकता : मन्त्री अधिकारी

    काठमाडौँ / भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले वर्षौदेखि समस्या रहेको भूमि प्रशासन र अहिले भोगीरहेको सहकारी समस्या समाधान गर्न सके सरकार र मन्त्रालयको प्रभावकारीता देखिने बताएका छन् । 

    मन्त्रालयमा शुक्रबार सरुवा भएर आएका सचिव अर्जुन प्रसाद पोख्रेललाई स्वागत र सचिवसहित मन्त्रालय मातहतका उच्च अधिकारी र विभागीय प्रमुखलाई निर्देशन दिदैं मन्त्री अधिकारीले कर्मचारी प्रशासन र राजनीतिक नेतृत्व मिलेर अब जनताको अवस्था परिर्वतन गर्ने बेला भएको बताए ।  

    शुक्रबारै मन्त्रालयमा पदबहाली गरेका सचिव पोख्रेलले मन्त्रालयबाट प्रवाह हुने सेवामा परिणाम ल्याउने गरी काम गर्न र समस्या भए समस्याको समाधानतर्फ ध्यानदिन आग्रह गरे । सरकारको सोच र मन्त्रीकोे निर्देशनअनुसार काम गर्ने सचिव पोख्रेलले प्रतिवद्धता ब्यक्त गरे । 

    मन्त्री अधिकारीले मातहत निकायलाई ३ वटा बिषयमा नतिजा आउने गरी काम गर्न निर्देशन दिए । उनले भूमि क्षेत्रमा देखिएका समस्या समाधानका लागि ऐन, कानुन र नियामावलीको निमार्ण, संसोधन र परिमार्जन गरेर भएपनि स्थायीरुपमा भूमिहिन, किसान र सुकुम्वासी समस्या समाधान गर्ने गरी काम गर्न निर्देशन दिए ।  

    त्यसैगरी, सहकारी क्षेत्रमा देखिएका विकृती हटाउनका लागि अधिकारसम्पन्न प्राधिकरण गठन र सहकारी पिडितको बचत फिर्ता मन्त्रालयको दोस्रो महत्वपुर्ण काम रहेको भन्दै मन्त्री अधिकारीले सहकारी समस्या समाधान गर्न सके मन्त्रालयप्रति नागरिकको बिश्वास बढ्ने बताए । 

    त्यसैगरी, चीनमा भएको गरिबी उन्मुलनको सफलता नेपाललाई ठूलो पाठ हुन सक्ने भन्दै गरिब पहिचान र गरिबलाई आत्मनिर्भर बनाउने कार्यक्रम अन्तर मन्त्रालयसँग समन्वय गरेर नतिजा आउने गरी काम गर्न उनले निर्देशन दिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार