images
images

अर्थमन्त्रीलाई पूर्वअर्थमन्त्री महतको प्रश्न– वित्तीय विवरण कमजोर भएको कम्पनीको शेयरमूल्य दोब्बर हुनुको कारण के हो ?

अर्थमन्त्रीलाई पूर्वअर्थमन्त्री महतको प्रश्न– वित्तीय विवरण कमजोर भएको कम्पनीको शेयरमूल्य दोब्बर हुनुको कारण के हो ?

शुक्रवार, साउन १८ २०८१
शुक्रवार, साउन १८ २०८१
  • अर्थमन्त्रीलाई पूर्वअर्थमन्त्री महतको प्रश्न– वित्तीय विवरण कमजोर भएको कम्पनीको शेयरमूल्य दोब्बर हुनुको कारण के हो ?

    काठमाडौँ / नेपाली काँग्रेसका सांसद तथा पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले अर्थमन्त्री बिष्णु पौडेललाई प्रश्न गरेका छन् । 

    अर्थसमितिको शुक्रबारको बैठकमा पूर्वअर्थमन्त्री महतले अर्थमन्त्रीलाई शेयर बजार बढ्यो भनेर रमाउने कि साना लगानीकर्ता फस्ने हुन कि भनेर सचेत पनि हुने ? प्रश्न गरेका हुन् । उनले हालैका दिनमा धितोपत्र बजारमा भित्री कारोबार भएकोले  सच्याउनु पर्ने बताएका छन् ।

    उनले भने, ‘वित्तीय विवरण कमजोर भएको कम्पनीको शेयरमूल्य दोब्बर हुनुको कारण के हो ? हल्लाको भरमा शेयर बजार बढिरहेको छ। बजार बढ्यो भनेर रमाउने मात्र कि साना लगानी कर्ता फसे भनेर सचेत पनि हुने हो ?’ 

    उनले भने, दुई ठूला दल मिलेर सरकार बनाउँदा स्थायीत्वको कुराले सकारात्मक सन्देश दिए पनि शेयर बजारमा आएको अस्वभाविक वृद्धि गम्भिर छ। यसमा चलखेल भएको हुन सक्छ।

    नेपाली काँग्रेस तथा नेकपा (एमाले) को सरकार मिलेर बनेको दुई  ठूला राजनीतिक दलबाट अर्थमन्त्री बनेका बिष्णु पौडेलले प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा सासंदहरुले गरेका धेरै प्रश्नको सामना गर्नु परेको छ। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार