images
images

भैरहवा गार्डेन रिर्सोटले सफ्ट ओपनिङ गरेको ६ महिनामै गर्यो २ करोड २० लाखको व्यापार

भैरहवा गार्डेन रिर्सोटले सफ्ट ओपनिङ गरेको ६ महिनामै गर्यो २ करोड २० लाखको व्यापार

शुक्रवार, साउन १८ २०८१
शुक्रवार, साउन १८ २०८१
  • भैरहवा गार्डेन रिर्सोटले सफ्ट ओपनिङ गरेको ६ महिनामै गर्यो २ करोड २० लाखको व्यापार

    भैरहवा गार्डेन रिर्सोटले सफ्ट ओपनिङको ६ महिनामा उल्लेखनीय व्यापार गरेको छ । रुपन्देहीको भैरहवामा अवस्थित उक्त रिर्सोट सञ्चालनमा आइएको ६ महिनामा नै २ करोड २० लाख रुपैयाँ व्यापार गर्न सफल भएको हो । 

    चार तारे होटलको स्टान्डर्डमा रहेको रिसोर्ट सन् २०२४ को फेब्रुअरीमा सफ्ट लन्च गरिएको थियो भने अगस्टको मध्यबाट सुरु हुने अपेक्षा गरिएको थियो । तर रिर्सोटले आर्थिक वर्ष २०२४ को मध्य जुनसम्ममा ८० प्रतिशतभन्दा बढी वित्तीय उपलब्धि हासिल गरिसकेको छ । 

    व्यवसायी निर्मल श्रेष्ठको लगानी रहेको उक्त रिर्सोटको महाप्रबन्धक वीरेन्द्र कुमार गुप्ता रहेका छन् । तीन दशक लामा समय पर्यटन क्षेत्रमा बिताएका श्रेष्ठले १ अर्ब २५ करोड १० लाख रुपैयाँ लागतमा सन् २०२० देखि उक्त रिर्सोट निर्माण गरिरहेका छन् ।

    ७५ प्रतिशत कर्जा र २५ प्रतिशत स्वपुँजीको संरचनामा निर्माण भएको उक्त रिर्सोटमा ३८ ओटा रुम, एक रेस्टुराँ, स्वीमिङ पुल र एउटा हल रहेको छ । बाँकी ३४ रुम, ब्याङ्क्वेट सुविधा र क्यासिनोको संरचनामा पनि निर्माण भइरहेको छ । 

    व्यापार राम्रो भएसँगै रिसोर्टले १ अर्ब २ करोड रुपैयाँको लागि रेटिङ गराएको छ । जस अन्तर्गत दीर्घकालीन कर्जाका लागि रिसोर्टले १ अर्ब रुपैयाँको रेटिङ गराएको छ भने अल्पकालीन कर्जाका लागि २ करोडको रेटिङ गराएको हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार