images
images

भारत बाहेक दक्षिण एसिया र चीन जाँदा २५ सय डलर सटही सुविधा पाइने

भारत बाहेक दक्षिण एसिया र चीन जाँदा २५ सय डलर सटही सुविधा पाइने

शुक्रवार, साउन १८ २०८१
शुक्रवार, साउन १८ २०८१
  • भारत बाहेक दक्षिण एसिया र चीन जाँदा २५ सय डलर सटही सुविधा पाइने

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले स्थलमार्गबाट भारत बाहेकका दक्षिण एसियाली मुलुक र चीनमा वैदेशिक भ्रमणमा जानेलाई भिसाका आधारमा दिइने डलर सटही सुविधा बढाएको छ  ।

    राष्ट्र बैंककले विदेशी विनियम कारोबार सम्बन्धी एकीकृत निर्देशिका संशोधन गर्दै उक्त सीमा बढाएको हो ।

    भारत बाहेकका दक्षिण एसियाली मुलुक र चीन भ्रमणमा जानेले अब एक पटकमा १ हजार अमेरिकी डलर र एक वर्षमा बढीमा दुई हजार अमेरिकी डलरसम्मको सटही सुविधा पाउने भएका छन् । यसअघि १ पटकमा ५०० र एक वर्षमा १ हजार डलरसम्मको सटही सुविधा रहेको थियो ।

    भारत बाहेक अन्य मुलुकको भ्रमणमा जाने नेपालीलाई राहदानी बापत दिने सटही सुविधा भने यथावत रहेको छ ।

    २ हजार ५०० डलर रहेको यस्तो सीमा एक वर्षमा दुई पटक मात्रै रहेकोमा अब भने दुई पटकको व्यवस्था हटेको छ ।

    सार्वजनिक खरिद कानुन लागु हुने सार्वजनिक निकायहरूले सार्वजनिक खरिद कानुन बमोजिम विभिन्न प्रयोजनका लागि विदेशी मुद्राको सटही सुविधा माग गरेमा राष्ट्र बैंकले तोकका सर्तहरूको अधिनमा रही सटही सुविधा बैंकहरूले सोझै प्रदान गर्न सक्ने छन् ।

    यसअघि संवैधानिक निकाय, नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह र नेपाल सरकारको ५१ प्रतिशत वा सोभन्दा बढी स्वामित्व भएका सार्वजनिक निकायहरूले यसरी सटही सुविधा पाउँदै आएका थिए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार