images
images

कुमारी बैंकको नाफामा उछाल : खराब कर्जा घट्यो, प्रतिशेयर आम्दानी र अन्य सूचकमा कति छ प्रगति ?

कुमारी बैंकको नाफामा उछाल : खराब कर्जा घट्यो, प्रतिशेयर आम्दानी र अन्य सूचकमा कति छ प्रगति ?

सोमवार, साउन २१ २०८१
सोमवार, साउन २१ २०८१
  • कुमारी बैंकको नाफामा उछाल : खराब कर्जा घट्यो, प्रतिशेयर आम्दानी र अन्य सूचकमा कति छ प्रगति ?

    काठमाडौँ / आर्थिक बर्ष २०८०/८१ मा कुमारी बैंक लिमिटेडको नाफामा उछाल आएको छ । बैंकले सोमबार प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार समीक्षा अवधिमा बैंकले ३ अर्ब ३० करोड ८२ लाख रुपैयाँभन्दा बढी नाफा आर्जन गरेको हो ।

    images
    images
    images
    images

    अघिल्लो आर्थिक बर्षको चौथो त्रैमासमा ५१ करोड ७९ लाख रुपैयाँ मात्रै नाफा कमाएको कुमारी बैंकले यस बर्ष भने उच्च नाफा आर्जन गरेको छ । 

    अघिल्लो बर्षको तुलनामा बैंकले समीक्षा अवधिमा १ अर्ब ७९ करोड ३ लाख रुपैयाँ अर्थात ३४६.६८ प्रतिशतले नाफा बृद्धि गरेको वित्तीय विवरणमा उल्लेख छ ।

    यस बर्ष खुद ब्याज आम्दानी सामान्य घटे पनि सञ्चालन मुनाफामा बृद्धि र नोक्सानी व्यवस्था घट्दा बैंकको नाफामा सहयोग पुगेको हो । 

    अधिकांश सूचक सकारात्मक रहेको कुमारी बैंकले नोक्सानी व्यवस्थाका लागि छुट्याउनुपर्ने रकम धेरै नै घटेको छ । बैंकले अघिल्लो आवमा छुट्याएको नोक्सानी व्यवस्थाभन्दा ५६.०८ प्रतिशत कम प्रोभिजन छुट्याएको छ ।

    त्यस्तै, गत वर्ष बैंकको इम्पेयरमेन्ट चार्ज ८ अर्ब ११ करोड ५८ लाख रुपैयाँबाट घटेर ३ अर्ब ५६ करोड ४२ लाख रुपैयाँमा झरेको छ ।

    बैंकले गत आर्थिक बर्षको असार मसान्तसम्ममा खुद ब्याज आम्दानी ०.७२ प्रतिशतले घटे पनि सञ्चालन मुनाफा ५.९६ प्रतिशतले बढोत्तरी गरेको हो । 

    यसैगरी, समीक्षा अवधिमा बैंकले १० अर्ब ९८ करोड ६८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ जुन अघिल्लो वर्षमा ११ अर्ब ६ करोड ६१ लाख रुपैयाँ थियो । 

    सञ्चालन आम्दानी अघिल्लो बर्ष १३ अर्ब ५ करोड ७६ लाख रुपैयाँ रहेकोमा गत बर्ष भने यस्तो आम्दानी १३ अर्ब ८३ करोड ६२ लाख रुपैयाँ पुगेको छ । 

    गत वर्ष बैंकको वितरणयोग्य नाफा ३ अर्ब ७८ करोड ८९ लाख रुपैयाँ ऋणात्मक छ जुन अघिल्लो वर्ष २ अर्ब २० करोड २९ लाख रुपैयाँ ऋणात्मक थियो । 

    गत वर्षको असार मसान्तसम्म आइपुग्दा बैंकको चुक्ता पूँजी २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ रहेको छ ।

    रिजर्भको आकार २९.८७ प्रतिशतले बढेर १४ अर्ब ६६ करोड ४३ लाख रुपैयाँ पुग्दा रिटेन्ड अर्निङमा ३ अर्ब ७८ करोड ८९ लाख रुपैयाँ ऋणात्मक छ जुन अघिल्लो वर्ष २ अर्ब २० करोड २९ लाख रुपैयाँ ऋणात्मक थियो ।

    यस्तै, गत वर्ष बैंकले ग्राहकमा प्रवाह गर्ने कर्जा ०.८४ प्रतिशतले बढाएर २ खर्ब ७३ अर्ब २० करोड १० लाख रुपैयाँ पुर्याएको छ भने निक्षेप संकलन ५.४० प्रतिशतले बढाएर ३ खर्ब ३३ अर्ब ११ करोड १३ लाख रुपैयाँ पुर्याएको छ । 

    यससँगै बैंकको सञ्चालन नाफा ३०५.९४ प्रतिशतले बढेर ३ अर्ब ९० करोड ३६ लाख रुपैयाँ पुगेको छ जुन गत वर्ष ९६ करोड १६ लाख रुपैयाँ थियो । 

    गत वर्ष बैंकको खराब कर्जा ०१ प्रतिशतले घटेर ४.९५ प्रतिशतमा झरेको छ भने आधारदर २.०१ प्रतिशतले घटेर ८.८९ प्रतिशत कायम भएको छ ।

     बैंकको ईपीएस ६ रुपैयाँ ८३ पैसाले बढेर ८ रुपैयाँ ८ पैसा कायम भएको छ भने प्रतिशेयर नेटवर्थ १४१ रुपैयाँ ४७ पैसा रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार