images
images

देशले धेरै क्षति व्यहोरेको छ, अर्थतन्त्र प्रभावित भएको छ – सेनाप्रमुख वाकर

देशले धेरै क्षति व्यहोरेको छ, अर्थतन्त्र प्रभावित भएको छ – सेनाप्रमुख वाकर

मंगलवार, साउन २२ २०८१
मंगलवार, साउन २२ २०८१
  • देशले धेरै क्षति व्यहोरेको छ, अर्थतन्त्र प्रभावित भएको छ – सेनाप्रमुख वाकर

    बङ्गलादेशी प्रधानमन्त्री शेख हसिनाले आफ्नो पदबाट राजीनामा दिएपछि मुलुकको भावी दिशा के हुने भन्ने अन्यौलता नै देखिन्छ ।  यद्यपि सेनाप्रमुख वाकर–उज–जमानले हिजो सोमबार दिउँसो नै प्रजातान्त्रिक तरिकाले जाने जानकारी गराएका छन् । 

    images
    images

    प्रधानमन्त्री हसिनाको राजिनामाको माग गर्दै गरिएको आन्दोलनमा ढाकामा व्यापक सहभागिता जुटेको थियो ।  

    अब सेनाको पहलमा अन्तरिम सरकार बन्ने भएको छ ।  यो कामचलाउ सरकारको नेतृत्व सेनाप्रमुख जमानले आँफै गर्ने वा अन्य कसैलाई जिम्मेवारी दिइनेछ भन्ने बिषयमा केही भनिएको छैन । 

    यतिबेलासम्म देशले धेरै क्षति व्यहोरेको छ, अर्थतन्त्र प्रभावित भएको छ, धेरै मानिस मारिएका छन् । अब, यो हिंसा रोक्ने समय हो।” वाकरले बताएका छन् । 

    “मलाई आशा छ,  यो सम्बोधनपछि स्थितिमा सुधार आउनेछ, उनले भने । 

    बङ्गलादेशमा सरकारी जागिरमा आरक्षण (कोटा) प्रणालीको विरोध गर्दै बिद्यार्थी समूहले सुरू गरेको आन्दोलनले सफलताको उत्कर्ष पार गर्दै प्रधानमन्त्री हसिनालाई राजिनामा दिन बाध्य बनाएको छ । 

    आन्दोलनका क्रममा आइतबार ९४ जनाको मृत्यु भएको थियो भने अहिलेसम्म कम्तीमा ३०० जनाले ज्यान गुमाएका छन् । 

    मृत्यु हुनेमा बालबालिका, महिलासहित कैयौँ सर्वसाधारण रहेका स्थानीय मानव अधिकारवादी समूहले जनाएका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार