images
images

बङ्गलादेश : हसिना अपदस्थ भएपछि रिहा भइन् जिया, कसरी सुरु भएको थियो  ‘बेगमहरूको लडाइँ’ ?

बङ्गलादेश : हसिना अपदस्थ भएपछि रिहा भइन् जिया, कसरी सुरु भएको थियो  ‘बेगमहरूको लडाइँ’ ?

मंगलवार, साउन २२ २०८१
मंगलवार, साउन २२ २०८१
  • बङ्गलादेश : हसिना अपदस्थ भएपछि रिहा भइन् जिया, कसरी सुरु भएको थियो  ‘बेगमहरूको लडाइँ’ ?

    बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियालाई वर्षौंको नजरबन्दबाट रिहा गरिएको छ। जियालाई उनका कट्टर शत्रु शेख हसिनालाई प्रधानमन्त्री पदबाट अपदस्थ गरेपछि र प्रदर्शनकारीहरूले उनको घरमा आक्रमण गरेपछि रिहा गरिएको हो । 

    images
    images

    प्रदर्शनकारीहरूको विरोधपछि हसिना मुलुक छाडेर भागेकी छन् । दुई महिलाबीचको उग्र प्रतिद्वन्द्विताले मुस्लिम–बहुल राष्ट्रमा दशकौँदेखि राजनीतिलाई परिभाषित गरेको छ । 

    अठहत्तर वर्षीया जियालाई हसिनाको शासनकालमा सन् २०१८ मा भ्रष्टाचारको आरोपमा १७ वर्षको कारागार सजाय सुनाइएको थियो । 

    ७६ वर्षीय हसिनालाई जनप्रदर्शनपछि सोमबार अपदस्थ गरिएको थियो । 

    सेना प्रमुखले अन्तरिम सरकार बनाउने घोषणा गरे। त्यसपछि जियालगायत विरोध प्रदर्शनका कैदीहरूलाई रिहा गर्ने आदेश जारी गरिएको थियो । 

    जिया प्रमुख विपक्षी बङ्गलादेश नेशनल पार्टी (बिएनपी) को अध्यक्ष हुने। पार्टी प्रवक्ता ए.के.एम वहिदुज्जमानले मङ्गलबार भने, “अब उहाँ रिहा हुनुभएको छ ।”

    जियाको स्वास्थ्य अवस्था खराब छ । गठिया रोग, मधुमेह र कलेजो सिरोसिसको बिरामी उनी ह्विलचेयर प्रयोग गर्छिन्। 

    दशकौँ लामो झगडा

    जिया र हसिनाबीचको दुश्मनीलाई बङ्गलादेशमा ‘बेगमहरूको लडाइँ’ को नामले जानिन्छ । ‘बेगम’ दक्षिण एसियामा शक्तिशाली महिलाहरूका लागि मुस्लिम सम्मान हो। 

    उनहरूबीचको झगडाको जरा सन् १९७५ को सैन्य विद्रोहमा हसिनाका पिता तथा मुलुकका संस्थापक नेता शेख मुजिबुर रहमान, उनकी आमा, तीन भाइ र अन्य आफन्तहरूको हत्यासँग जोडिएको छ । 

    त्यसबेला जियाका श्रीमान् जियाउर रहमान उपसेना प्रमुख थिए र तीन महिनापछि उनले प्रभावकारीरूपमा सत्ता हातमा लिएकी थिइन् । 

    रहमानले गरिबीले ग्रस्त बङ्गलादेशमा निजीकरणका साथ आर्थिक सुधारको प्रारम्भ गरेका थिए । तर सन् १९८१ मा अर्को सैन्य विद्रोहमा उनको हत्या गरिएको थियो । 

    उक्त समयमा दुई जवान छोराकी ३५ वर्षीया विधवा जियालाई बिएनपीको जिम्मेवारी प्राप्त भयो । आलोचकहरूले राजनीतिकरूपमा अनुभवहीन गृहिणीका रूपमा उनको जिम्मेवारीलाई खारेज गरेका थिए । 

    जियाले तानाशाह हुसेन मोमम्मद एर्शादविरुद्ध विरोध प्रदर्शनको नेतृत्व गरे । सन् १९८६ मा नकली निर्वाचनको बहिष्कार गर्दै सडकमा विरोध प्रदर्शन गरे ।
     
    उनी र हसिना सन् १९९० मा विरोध प्रदर्शनको लहरमा एर्शादलाई सत्ताच्यूत गर्न एकजुट भए र त्यसपछि  बङ्गलादेशको पहिलो स्वतन्त्र निर्वाचनमा उनीहरू आमनेसामने भए। 

    जियाले सन् १९९१ देखि सन् १९९६ सम्म निर्वाचन जितिन् र सरकारको नेतृत्व गरिन् । त्यसपछि सन् २००१ देखि सन् २००६ सम्म सत्ता सम्हालिन् । उनले र हसिनाले पटकपटक सत्ताको नेतृत्व गरे । 

    आपसी वैमनस्य

    सन् २००७ को राजनीतिक सङ्कटका लागि उनीहरूबीचको आपसी वैमनस्यलाई दोषी मानिएको थियो । यसबाट सेनालाई आपत्कालीन शासन लागू गर्न र कार्यवाहक सरकार गठन गर्न प्रेरित गरेको थियो ।

    दुवैलाई एक वर्षभन्दा बढी समयसम्म हिरासतमा राखिएको थियो । हसिनाले सन् २००८ डिसेम्बरमा भारी मतका साथ निर्वाचन जितिन् र सोमबार हेलिकप्टरबाट भारत पलायन हुनुअघिसम्म निर्बाध सरकारको नेतृत्व गरिन् ।

    उनले बिएनपीका हजारौँ सदस्यलाई पक्राउ गरेर सत्तामाथिको नियन्त्रणलाई बलियो बनाएकी थिइन् । सयौँ मानिस बेपत्तासमेत भए । 

    जियालाई सन् २०१८ मा भ्रष्टाचारको आरोपमा दोषी ठहर गरियो र कारागार पठाइयो । यसलाई उनको पार्टीले राजनीतिक रूपमा प्रेरित भन्दै खारेज गर्यो । 

    पछि राजनीतिमा भाग नलिने र उपचारका लागि विदेश नजाने सर्तमा उनलाई घरमै जनरबन्दमा राखिएको थियो ।

    छोरा निर्वासनमा

    सन् १९९० को दशकको प्रारम्भमा बङ्गलादेशको अर्थतन्त्रलाई उदारीकरण गरेकामा जियाको पहिलो मन्त्रिपरिषद्को प्रशंसा गरिएको थियो । यसबाट दशकौँको वृद्धिलाई बढावा दिएको छ । 

    यद्यपि इस्लामवादी–सहयोगी गठबन्धनका प्रमुखका रूपमा दोस्रो कार्यकाल उनको सरकार र छोराहरू विरुद्ध भ्रष्टाचारको आरोपले चिनिएको थियो । 

    बङ्गलादेशमा इस्लामवादी आक्रमणको शृङ्खला पनि भयो र एक आक्रमणमा २० भन्दा धेरै मानिस मारिए र हसिना आक्रमणबाट मुस्किलले बच्यो ।

    जियाले गठन गरेकी अपराध विरोधी र्यापिड एक्सन बटालियन प्रहरी एकाइमाथि सयौँ गैरन्यायिक हत्याको आरोप छ । जिया कारागारमा हुँदा उनका जेठो छोरा तारिक रहमानले लन्डनमा निर्वासनबाट बिएनपीको नेतृत्व गरे । 

    तर सन् २००४ मा हसिनाको र्यालीमाथि भएको बम हमलामा कथित भूमिकाका लागि उजलाई उनको अनुपस्थितिमा दोषी ठहर गरियो र आजीवन कारागारको सजाय सुनाइयो । 

    बिएनपीले उक्त आरोप जियाको वंशलाई राजनीतिबाट निष्कासन गर्न राजनीतिक रूपमा प्रेरित प्रयास भएको बताएको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार