images
images

वाणिज्य बैंकहरूको वितरणयोग्य मुनाफामा संकुचन, कुन बैंकको कति ? (विवरणसहित)

वाणिज्य बैंकहरूको वितरणयोग्य मुनाफामा संकुचन, कुन बैंकको कति ? (विवरणसहित)

सबैभन्दा बढी वितरणयोग्य नाफा हुने बैंक नबिल

बुधवार, साउन २३ २०८१
बुधवार, साउन २३ २०८१
  • वाणिज्य बैंकहरूको वितरणयोग्य मुनाफामा संकुचन, कुन बैंकको कति ? (विवरणसहित)

    काठमाडौँ / आर्थिक बर्ष २०८०/८१ मा वाणिज्य बैंकहरूले ६४ अर्ब १५ करोड रुपैयाँ नाफा कमाएको छ । 

    images
    images

    बैंकहरूले सार्वजनिक गरेको आर्थिक बर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूले ६४ अर्ब १५ करोड ३० लाख रुपैयाँ नाफा कमाएका हुन् । जुन अघिल्लो आवको तुलनामा १३.४० प्रतिशतले बढी हो । अघिल्लो आर्थिक बर्षमा २० वाणिज्य बैंकहरूले ५६ अर्ब ५७ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएका थिए ।

    गत आवको असार मसान्तसम्म वाणिज्य बैंकको नाफा  १३.४० प्रतिशतले बढेपनि त्यसको करिब १२ प्रतिशत अर्थात ७ अर्ब ६२ करोड रुपैयाँ मात्रै वितरणयोग्य नाफा रहेको छ ।

    असार मसान्तसम्म २० वाणिज्य बैंकको वितरणयोग्य नाफा ७ अर्ब ६२ करोड २३ लाख रुपैयाँ रहेको छ । जुन अघिल्लो आवको असार मसान्तसम्म १५ अर्ब ६४ करोड ४५ लाख रुपैयाँ रहेको थियो । यो अवधिमा बैंकहरुको वितरणयोग्य नाफा ५१.२८ प्रतिशतले घटेको छ ।

    बैंकहरुले प्रकाशित गरेको असार मसान्तसम्मको अपरिस्कृत वित्तीय अवस्था अनुसार २० वाणिज्य बैंकमध्ये ५ वटा बैंकको वितरणयोग्य नाफा बढेको छ भने ९ वटाको घटेको छ । असार मसान्तसम्मको वित्तीय अवस्था अनुसार चार वटा बैंक लाभांश दिन नसक्ने अवस्थामा छन् । 

    लाभांश दिन नसक्ने बैंकहरू एनआईसी एशिया बैंक, एनआईएमबि बैंक, कुमारी बैंक र हिमालयन बैंक हुन् । यी बैंकको वितरणयोग्य नाफा ऋणात्मक छ । यस्तै, गत वर्ष ऋणात्मक रहेका दुई बैंकको वितरणयोग्य नाफा धनात्मक भएका हुन् ।

    अघिल्लो आवमा ऋणात्मक रहेको प्रभु बैंक र प्राइम बैंकको वितरणयोग्य नाफा गत आवमा क्रमशः १ अर्ब २२ करोड ३९ लाख र १ अर्ब १९ करोड ९६ लाख रुपैयाँ रहेको छ ।

    सबैभन्दा बढी वितरणयोग्य नाफा हुने बैंक नबिल, कुन बैंकको कति ?

    २० बैंकमध्ये सबैभन्दा बढी वितरणयोग्य नाफा हुने बैंक नबिल हो । नबिल बैंकको वितरणयोग्य नाफा ३ अर्ब ८५ करोड ७३ लाख रुपैयाँ छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २१.०३ प्रतिशतले बढी हो । 

    यस्तै, धेरै वितरणयोग्य नाफा हुने दोस्रो बैंक एभरेष्ट हो । बैंकको वितरणयोग्य नाफा ३ अर्ब ५१ करोड ४४ लाख रुपैयाँ रहेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १४.५० प्रतिशतले कम हो । 

    कृषि विकास बैंकको वितरणयोग्य नाफा २ अर्ब ६६ करोड २८ लाख रुपैयाँ रहेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ११४.१९ प्रतिशतले बढी हो ।

    नेपाल एसबीआई बैंकको वितरणयोग्य नाफा ५.५८ प्रतिशतले बढेर १ अर्ब १३ करोड २ लाख, नेपाल बैंकको १९६२५.६४ प्रतिशतले बढेर ७६ करोड ९३ लाख र राष्ट्रिय वाणिज्य बैंकको ८२.८२ प्रतिशतले बढेर ५८ करोड २१ लाख रूपैयाँ कायम भएको छ ।

    स्टयान्डर्ड चार्टर्ड बैंकको वितरणयोग्य नाफा ७.८० प्रतिशतले घटेर असार मसान्तसम्म २ अर्ब ४९ करोड ९२ लाख रुपैयाँ कायम भएको छ । 

    सानिमा बैंकको वितरणयोग्य नाफा ३६.२४ प्रतिशतले घटेर १ अर्ब ४१ करोड २३ लाख, लक्ष्मी सनराइज बैंकको २५.५३ प्रतिशतले घटेर १ अर्ब २८ करोड ७१ लाख र ग्लोबल आइएमई बैंकको ६५.९४ प्रतिशतले घटेर १ अर्ब १० करोड ४६ लाख रुपैयाँ वितरणयोग्य नाफा कायम भएको छ ।

    यता सिटिजन्स बैंकको २७.२६ प्रतिशतले घटेर ६१ करोड ६१ लाख, माछापुच्छ्रे बैंकको ६७.८० प्रतिशतले घटेर ४६ करोड ६४ लाख, सिद्धार्थ बैंकको ४४.७६ प्रतिशतले घटेर ३६ करोड ६६ लाख र एनएमबि बैंकको ७९.०५ प्रतिशतले घटेर २३ करोड ९० लाख रुपैयाँ वितरणयोग्य नाफा कायम भएको छ ।

    कुन बैंकको वितरणयोग्य मुनाफा कति ? 

    1.PNG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार