काठमाडौँ / नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले सार्वजनिक लेखा समितिलाई अनावश्यक डकुमेन्ट नपठाएको बताएका छन्।
दोस्रो कार्यकालको तीन वर्ष पूरा भएको अवसरमा पत्रकार सम्मेलन गरेर घिसिङले यस्तो बताएका हुन् । अनुसन्धानका लागि सहयोग होस् भनेर सबै सम्बन्धित डकुमेन्ट पठाएको उनले बताए।
‘अनावश्यक कुनै डकुमेन्ट पठाएको छैन। अनुसन्धानमा सजिलो होस् भनेर ९० कपी अदालतको डकुमेन्ट नपठाएको छौं’, उनले भने।